झापाको दमक नगरपालिका ६ बेलडाँगी बाट ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दमकबाट गएको गस्ती प्रहरी टोलीले आइतबार रातको समयमा शङ्कास्पद अवस्थामा हिँडिरहेका दमक नगरपालिका ८ का २१ वर्षीय विक्रम लम्जेल र रतुवालाई नगरपालिका ८ का २२ वर्षीय रोशन कुमार मग्रातीलाई नियन्त्रणमा लिएरचेक जाँच गर्दा उनीहरूको साथबाट १ ग्राम ३९० मिलिग्राम लागु औषध ब्राउनसुगर र नगद २ हजार ४०० बरामद भएको थियो ।
लागु औषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।














Discussion about this post