इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले गाँजासहित दुईजनालाई पक्राउ गरेको छ ।
इटहरी ५ कलंकीबाट गाँजासहित दुईजनालाई पक्राउ गरिएको बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।
ईलाका प्रहरी कार्यालय इटहरीका डीएसपी अर्जुन केसीका अनुसार पक्राउ पर्नेमा धनकुटा शहीदभूमी गाउँपालिका पोखरीटोल बस्ने २७ वर्षीय नगेन्द्र राई र २९ वर्षीय गजेन्द्र राई रहेका छन् ।

विशेष सूचनाका आधारमा चार किलो गाँजा सहित उनीहरुलाई पक्राउ गरिएको केसीले बताए । माघ ७ गते पक्राउ गरी अनुसन्धान गरिरहेको उनले जानकारी दिए । ‘लागूऔषध कारोबारी गर्नेहरु इटहरी हुँदै ओसार पसार गर्ने भएकाले हामीले अनुगमन गरिरहेका छौँ,’ उनले भने, ‘हामीले पछिल्लो समय लागूऔषध दुव्र्यसनी न्यूनीकरणका लागि विभिन्न अभ्यास समेत गरिरहेका छौँ ।’















Discussion about this post