Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

बाँदर आतंकको विकल्प बन्यो अदुवा खेती

पौवादुङमा गाउँपालिकाले रु २० लाखको कार्यक्रममार्फत १०० रोपनी क्षेत्रमा खेती विस्तार गर्दै किसानलाई नगदेबालीतर्फ आकर्षित गरिरहेको छ

रासस by रासस
जेष्ठ ३०, २०८३
in समाचार
0
भोजपुर : पौवादुङमाको पाँच सय हेक्टरमा अकबरे खुर्सानी खेती
62
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : परम्परागत बालीमा बाँदरको बढ्दो क्षतिका कारण समस्या झेलिरहेका यहाँको पौवादुङमा गाउँपालिकाका किसान अहिले वैकल्पिक नगदेबालीतर्फ आकर्षित हुन थालेका छन् ।

विशेषगरी अदुवा खेतीलाई सुरक्षित र आम्दानीमुखी विकल्पका रूपमा लिँदै गाउँपालिकाले योजनाबद्ध रूपमा अदुवा खेती विस्तारमा जोड दिएको हो ।

कृषिमा आधुनिकीकरण तथा किसानको आयस्तर वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले अदुवा खेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको हो ।

अदुवा खेती विस्तारको लागि गाउँपालिकाले रु २० लाखको कार्यक्रम सञ्चालन गरेको छ । जसमा गाउँपालिकाको रु १० लाख र किसानको रु १० लाख लागत साझेदारी रहेको छ । यस कार्यक्रममार्फत वडा नं ६ ठूलोदुम्माका सात वटा कृषि फर्मलाई अनुदान सहयोग प्रदान गरिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हाल ठूलोदुम्माको करिब १०० रोपनी क्षेत्रफलमा अदुवा खेती विस्तार गरिएको जानकारी दिए । यहाँ अदुवा खेतीको राम्रो सम्भावना रहेकोले गाउँपालिकाले यसको खेती विस्तारमा जोड दिएको उनको भनाइ छ ।

“अदुवा खेतीले बजारमा राम्रो मूल्य पाउने र दीर्घकालीन रूपमा आम्दानी दिन सक्ने भएकाले यसको सम्भावना राम्रो देखिएको छ,” उनले भने ।

गाउँपालिका उपाध्यक्ष ज्योत्सना राइले विगत वर्षदेखि बाँदरको आतङ्कका कारण मकै, कोदो, आलु जस्ता परम्परागत बालीमा ठुलो क्षति हुँदै आएको बताइन् । बाँदर आतङ्कको विकल्पमा गाउँपालिकाले अदुवा खेती विस्तारमा जोड दिएको उनले जानकारी दिइन् ।

“बाँदरका करण किसानले लगानी गरेको मेहनत खेर जाने अवस्था बनेपछि हामीले वैकल्पिक समाधान खोज्नुपर्‍यो,” उनले भनिन्, “अदुवा खेतीमा बाँदरको क्षति न्यून हुने भएकाले किसानलाई यसतर्फ प्रोत्साहित गरेका हौँ ।”

कृषि शाखाका प्राविधिक वर्तेन्द्र राईले किसानलाई बारीमै पुगेर तालिम, प्राविधिक परामर्श तथा अनुगमन गर्ने काम भइरहेको उनले जानकारी दिए । अदुवा खेतीको सम्भावना उच्च भएकाले सही प्रविधि र आवश्यक व्यवस्थापनको विषयमा किसानलाई जानकारी दिने काम भइरहेको उनको भनाइ छ ।

“ठूलोदुम्मा क्षेत्रमा अदुवाको राम्रो सम्भावना छ” उनले भने, “अन्य बालीको तुलनामा बाँदरले अदुवा खेतीमा कम क्षति पुर्‍याउने भएकाले किसान यसको खेतीमा लागेका छन् । हामी पनि किसानलाई खेतबारीमा पुगेर आवश्यक प्राविधिक सहयोग गर्दै आएका छौँ ।”

गाउँपालिका अध्यक्ष किरण राईले स्थानीय स्रोत र सम्भावनालाई उपयोग गर्दै कृषिलाई व्यावसायिक बनाउने दीर्घकालीन लक्ष्य राखिएको बताए । “हामी किसानलाई परम्परागत खेतीबाट व्यावसायिक कृषितर्फ रूपान्तरण गराउँदै लैजान चाहन्छौँ,” अध्यक्ष राईले भने, “फलफूल, अदुवा, बेसारजस्ता नगदेबालीमार्फत गाउँमै रोजगारी सिर्जना गर्ने र आयस्तर बढाउने हाम्रो योजना हो ।”

अनुदान सहयोग पाएपछि अदुवा खेती विस्तार गर्न निकै सहज भएको स्थानीय किसान दिलिप राईले बताए । उनका अनुसार पहिले मकै तथा अन्य बाली लगाउँदा बाँदरले धेरै नोक्सान पुर्‍याउने गरेको थियो ।

“अदुवा खेतीमा भने बाँदरको क्षति कम हुन्छ,” उनले भनिन्, “त्यसैले अहिले हामी व्यावसायिक रूपमा यसतर्फ जुटेका छौँ । खेती विस्तारका लागि गाउँपालिकाको सहयोग महत्त्वपूर्ण बनेको छ ।”

स्थानीयस्तरमै उत्पादन वृद्धि गर्दै बजारसँग जोड्न सकेमा अदुवा खेतीले किसानको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अर्का युवा किसान समिर राईले बताए ।

बाँदरले कम क्षति गर्ने भएकाले हाल आफूले ३० क्षेत्रमा अदुवा खेती विस्तार गरेको उनले जानकारी दिए । आगामी दिनमा थप क्षेत्रफलमा अदुवा खेती विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।

Tags: #कृषि#भोजपुर
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड
समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जलवायुजन्य विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दिगो बनाउन विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र...

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
खेलकुद

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर : विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल...

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

अशोज २७, २०८३
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

अशोज २७, २०८३

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.