नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुनसक्ने सूचना सार्वजनिक गरेको छ ।
प्राधिकरणको केन्द्रीय कार्यालय मार्फत सार्वजनिक प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनामा दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नुपर्ने भएकाले एक महिनासम्म विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुनसक्ने उल्लेख गरिएको छ ।
सूचनामा उल्लेख भएअनुसार इटहरी वितरण केन्द्रका क्षेत्रहरुमा आगामी फागुन १२ गतेसम्म ९ घण्टा बिजुली कटौती हुनसक्ने छ ।













Discussion about this post