Tuesday, October 13, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग

रासस by रासस
जेष्ठ २१, २०८३
in टाकुरा विशेष, विविध, समाचार
0
रोग, किरा र निर्यात अवरोधको मारमा नेपाली चिया उद्योग
69
SHARES
Share on FacebookShare on Twitter

झापा : प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको छ।

गत वर्षदेखि देखिन थालेको यो किराको सङ्क्रमण यस वर्ष झनै व्यापक भएपछि किसान, बगान सञ्चालक र उद्योगी चिन्तित भएका छन्।

विशेषगरी, हल्दीबारी गाउँपालिका, भद्रपुर नगरपालिका तथा आसपासका चिया उत्पादन क्षेत्रका बगानमा लुपर किराको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ।

किराले चियाका कोमल तथा हरिया पात मात्र नभई बोटको वृद्धि प्रणालीमै असर पुर्‍याउन थालेपछि उत्पादनमा ठुलो गिरावट आउने अनुमान गरिएको छ।

चिया व्यवसायीहरूका अनुसार यस वर्ष झापाका धेरै बगानमा ५० प्रतिशतभन्दा बढी क्षति पुगेको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ।

समयमै नियन्त्रण गर्न नसकिए चिया उद्योगको उत्पादन चक्र नै प्रभावित हुने अवस्था देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए।

भद्रपुर–७ का चिया व्यवसायी शुक्र ढकालका अनुसार किसानबाट पर्याप्त मात्रामा हरियो पत्ती प्राप्त हुन नसकेपछि केही चिया प्रशोधन उद्योगले उत्पादन घटाएका छन् भने कतिपय उद्योग बन्द हुने अवस्थासम्म पुगेका छन् ।

उनका अनुसार किसान यस वर्षको पहिलो टिपाइदेखि नै राम्रो उत्पादनको आशामा थिए ।

पर्याप्त वर्षा भएका कारण उत्पादन बढ्ने र आम्दानीमा सुधार आउने अपेक्षा गरिएको थियो । तर, दोस्रो टिपाइ सुरु भएसँगै लुपर किराको प्रकोप व्यापक रूपमा फैलिँदा आशा निराशामा परिणत भएको छ।

नेपालमा उत्पादन हुने कुल चियामध्ये सबैभन्दा ठुलो हिस्सा झापाबाट उत्पादन हुन्छ। झापालाई नेपाली चियाको राजधानीका रूपमा चिनिन्छ ।

जिल्लाका बिर्तामोड, अर्जुनधारा, हल्दीबारी, भद्रपुर, कचनकबल, बाह्रदसी, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हजारौँ हेक्टर जमिनमा चियाखेती भइरहेको छ।

झापामा ठूला बगानसँगै ससाना किसान पनि चियाखेतीमा आबद्ध छन्। साना किसानले उत्पादन गरेको हरियो पत्ती स्थानीय प्रशोधन उद्योगमा बिक्री गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

जिल्लामा दर्जनौँ चिया प्रशोधन उद्योग सञ्चालनमा छन्। चियाखेतीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँ श्रमिक, किसान तथा व्यवसायीको जीविकोपार्जन धानेको छ। विशेषगरी महिलाको रोजगारीको महत्त्वपूर्ण आधार चिया क्षेत्र नै हो।

कृषि प्राविधिकहरूका अनुसार लुपर किराले चियाका कोमल पात खाएर बोटको प्रकाश संश्लेषण प्रक्रिया कमजोर बनाउँछ । पातमा रहेको हरितकण नष्ट हुँदा बोटको वृद्धि रोकिन्छ र दीर्घकालीन रूपमा बोट नै सुक्ने जोखिम बढ्छ।

सामान्य अवस्थामा असार र साउन महिना हरियो पत्ती उत्पादनका दृष्टिले सबैभन्दा महत्त्वपूर्ण मानिन्छ ।

यही अवधिमा वार्षिक उत्पादनको ठूलो हिस्सा सङ्कलन हुने गर्दछ । तर यस वर्ष वैशाख–जेठदेखि नै सक्रिय भएको लुपर किराले उत्पादनको आधारभूत संरचनामै क्षति पुर्‍याएको किसानको गुनासो छ।

गत वर्ष करिब ३० प्रतिशत क्षति पुर्‍याएको यो किराले यस वर्ष आधाभन्दा बढी बगान प्रभावित बनाएको अनुमान गरिएको छ । उत्पादन घटेसँगै किसानको आम्दानीमा प्रत्यक्ष असर परेको छ भने उद्योगको कच्चापदार्थ आपूर्तिमासमेत समस्या देखिएको छ।

नेपालमा उत्पादित अर्थोडक्स चिया विश्वबजारमा गुणस्तरीय चियाका रूपमा चिनिन्छ । नेपाली चिया भारत, जर्मनी, अमेरिका, जापान, चीन, बेलायत, फ्रान्स, नेदरल्यान्ड्सलगायत मुलुकमा निर्यात हुँदै आएको छ । तर पछिल्ला वर्षमा निर्यात प्रक्रियामा देखिएका अवरोध, अन्तरराष्ट्रिय बजारको प्रतिस्पर्धा, उत्पादन लागतमा वृद्धि, रासायनिक मलको अभाव तथा रोगकिराको समस्या चिया क्षेत्रका मुख्य चुनौतीका रूपमा देखिएका छन् ।

उद्योगीका अनुसार उत्पादन घट्दै जाँदा निर्यात बजारमा नेपाली चियाको आपूर्ति निरन्तरता कायम राख्न कठिन हुने अवस्था सिर्जना हुन सक्छ । अन्तरराष्ट्रिय बजारमा एकपटक आपूर्ति कमजोर भए प्रतिस्पर्धी मुलुकले बजार ओगट्ने जोखिम रहने उनीहरूको भनाइ छ।

झापाका सयौँ परिवारको आर्थिक जीवन चियामै निर्भर छ । साना किसानले दैनिक टिपेको हरियो पत्ती बिक्री गरेर घरखर्च चलाउने गरेका छन् ।

उत्पादन घट्दा उनीहरूको आम्दानीमा सिधा असर परेको छ । चिया उद्योगमा कार्यरत श्रमिकको रोजगारीसमेत प्रभावित हुने चिन्ता बढेको छ ।

उत्पादन घट्दै गए उद्योगले कामदार सङ्ख्या कटौती गर्नुपर्ने अवस्था आउनसक्ने उद्योगीको भनाइ छ ।

किसानका अनुसार लगातार दुई वर्ष रोगकिराको प्रकोप दोहोरिँदा चिया खेतीप्रतिको आकर्षण घट्न थालेको छ । उत्पादन लागत बढ्दै जाँदा आम्दानी भने घटिरहेको उनीहरूको गुनासो छ।

चिया निर्यात प्रभावित

नेपाली चियाको प्रमुख बजार भारततर्फको निर्यात पुनः प्रभावित भएको छ । भारतीय पक्षले गुणस्तर परीक्षण प्रक्रियामा कडाइ गरेपछि एक सातायता चिया निकासी प्रभावित भएको हो।

भारतको चिया बोर्डले नेपालबाट निर्यात हुने चियामा अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था लागू गरेपछि गत वैशाख १८ गतेदेखि करिब २१ दिनसम्म चिया निकासी अवरुद्ध भएको थियो। पछि भारतीय पक्षले प्रत्येक खेपको परीक्षण नगरी नमुनाका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था लागू गरेपछि निर्यात पुनः सुरु भएको थियो।

तर अहिले भारतीय आयातकर्ताका गोदाममा पुगेका नेपाली चियाका प्रत्येक बोराबाट नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउने र प्रतिवेदन नआएसम्म बिक्रीवितरण नगर्न निर्देशन दिइएपछि व्यवसायीहरू पुनः समस्यामा परेका छन्।

नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले सीमावर्ती भन्सार नाकामा समस्या नरहे पनि भारतभित्र प्रवेश गरिसकेपछि चिया रोकिएको बताए । उनका अनुसार कोलकातास्थित आयातकर्ताका गोदाममा पुगेका नेपाली चियाका धेरै खेप परीक्षण प्रक्रियाका कारण रोकिएका छन्।

“आयातकर्ताको गोदाममा पुगेपछि प्रत्येक बोराबाट नमुना सङ्कलन गरेर प्रयोगशालामा पठाउने गरिएको छ । प्रतिवेदन नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था भएपछि व्यवसायीहरूले नयाँ निकासी प्रक्रिया अघि बढाउन सकेका छैनन्”, उनले भने ।

उनका अनुसार हाल कोलकातामा करिब ५० हजार किलोग्राम नेपाली चिया रोकिएको छ । केही ट्रकको परीक्षण प्रतिवेदन प्राप्त भए पनि अधिकांश खेपको प्रतिवेदन आउन बाँकी रहेको उनले जानकारी दिए।

यसअघि भारतीय चिया बोर्डले आयातकर्तालाई चिया भारत पुग्नुअघि नै सम्बन्धित पोर्टलमा विस्तृत विवरण दर्ता गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । चिया आउने मिति, गोदामको स्थान, कन्टेनर विवरण तथा ‘प्रोफर्मा इनभ्वाइस’ पेस गरेपछि मात्र अस्थायी स्वीकृति पत्र प्राप्त हुने प्रावधानले पनि नेपाली निर्यातकर्तालाई थप झन्झट व्यहोर्नुपरेको थियो।

सरकारी तथ्याङ्कअनुसार नेपालमा वार्षिक करिब दुई करोड ६० लाख किलोग्राम चिया उत्पादन हुन्छ ।

उत्पादनमध्ये अधिकांश अर्थोडक्स चिया निर्यात हुने गरेको छ। नेपाली चियाको निर्यातमध्ये ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर रहेकाले त्यहाँको नीतिगत परिवर्तनले नेपाली किसान, उद्योगी र निर्यात व्यवसायीलाई प्रत्यक्ष असर गर्ने गरेको छ।

Tags: चियाटाकुरा विशेष
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड
समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जलवायुजन्य विपद्पछिको पुनर्निर्माणलाई प्रभावकारी र दिगो बनाउन विदेशमा रहेका नेपालीको ज्ञान, सीप, पुँजी र...

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन
खेलकुद

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

by टाकुरा न्यूज । इटहरी
अशोज २७, २०८३
0

विराटनगर : विभागीय टोली नेपाल आर्मीले विराटनगरमा सम्पन्न २६औँ राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ। आर्मीले १७ स्वर्णसहित कुल...

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३
कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

कोशीमा मुख्यमन्त्री सम्मेलन जारी, प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड

अशोज २७, २०८३
चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

चौदण्डीगढीका २२८ मुसहर परिवारलाई दसैँ खर्च

अशोज २७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

विपद्पछिको पुनर्निर्माणमा डायस्पोराको सीप परिचालन गर्न एनआरएनएको जोड

अशोज २७, २०८३
राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

राष्ट्रिय आइटिएफ तेक्वान्दोमा आर्मी च्याम्पियन

अशोज २७, २०८३

७१औँ प्रहरी दिवसमा कोशी प्रदेशमा २०६ जनाद्वारा रक्तदान

अशोज २७, २०८३
मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

मन्जिल स्मृति रानीगढी रनिङ कपको उपाधि आयोजकलाई

अशोज २७, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    970 shares
    Share 388 Tweet 243
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    763 shares
    Share 305 Tweet 191
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    633 shares
    Share 253 Tweet 158
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    311 shares
    Share 124 Tweet 78

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.