तेह्रथुमको लालिगुराँस नगरपालिका ३ मुसाङखेलका ४३ बर्षीय नर बहादुर लिम्बू हत्याको आरोपमा पक्राउ परेका छन् ।
आज बिहान ११ बजेको समयमा लिम्बूले घरायसी बादबिबादको कारण आफ्नै श्रीमती ४७ बर्षीया मईतरानी लिम्बूलाई बन्चरोले प्रहार गरी हत्या गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले लिम्बूलाई पक्राउ गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post