Wednesday, June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरी आएर प्रदेश प्रमुखले भने, ‘नियत खराब भएका कर्मचारीले गर्दा भ्रष्ट्राचार बढिरहेको छ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
माघ २८, २०७७
in टाकुरा विशेष, समाचार
0
इटहरी आएर प्रदेश प्रमुखले भने, ‘नियत खराब भएका कर्मचारीले गर्दा भ्रष्ट्राचार बढिरहेको छ’
189
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले नियत खराब भएका कर्मचारीले गर्दा भ्रष्ट्राचार बृद्धि भइरहेको बताएका छन् ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औँ स्थापना दिवसको अवसरमा अख्तियार इटहरीको कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्यासीले भने, ‘नियत खराब भएका कर्मचारीले गर्दा भ्रष्ट्राचार बढिरहेको छ, त्यसै कारणले गर्दा पनि हो समृद्धि नभएको, एक रुपैयाँ लिनु पनि भ्रष्ट्राचार नै हो ।’

उनले जिम्मेवारी लिनका लागि राजनैतिक ओहोदामा रस्साकस्सी गर्ने र जिम्मेवारी लिइसकेपछि जवाफदेही बन्न नसकिरहेको कुरा उदृत गर्दै भने, ‘जिम्मेवारी लिनका लागि रस्साकस्सी गर्नेहरु जवाफदेही नबन्दा टाउको दुखाइको विषय बनिरहेको छ, यहाँ नैतिकताको कुरा छ ।’

जसले अख्तियार दुरुपयोग गरेको छ, त्यसको बारेमा अनुसन्धान गर्ने आयोगका रुपमा चिनिने अख्तियारसँग कर्मचारीहरु डराएको उनले बताए । ‘अख्तियार भन्ने बित्तिकै कि बुझेको मानिस तर्सिन्छ, कि नबुझेको मानिस तर्सिन्छ,’ उनले भने, ‘मानिसहरू अनुसन्धान सँगै डराएको अवस्था छ ।’

तल्लो तहका कर्मचारीहरु भ्रष्टाचारमा केन्द्रीत रहने र ठूला कर्मचारीहरु सेटिङमा चल्ने उनको भनाइ थियो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख बाबुराम खतिवडाले प्रदेश र स्थानीय सरकारले विभिन्न कानुन निर्माण गरेपनि त्यसको कार्यान्वयन नभएको बताए ।

‘कानुन निर्माणमा छलफल भएको भए कार्यान्वयन गर्न सजिलो हुन्थ्यो, अहिले कार्यान्वयन फितलो देखिन्छ,’ उनले भने, ‘अहिलेसम्म सबैभन्दा बढी स्थानीय तहको भ्रष्ट्राचार सम्बन्धि उजुरी परेको छ, हामीलाई अनुसन्धान गर्नका लागि पनि कानुनले खुट्टा बाँधेको छ ।’

उनले आयोगप्रति जनताको विश्वास भएकाले उजुरी परेका निवेदनहरुबारे आफूहरु निष्पक्ष रुपमा छानिबन र अनुसन्धान गरिरहेको बताए । ‘शक्ति र अधिकार सबैभन्दा बढी जहाँ छ, त्यहाँ धेरै भ्रष्ट्राचार हुन्छ,’ उनले भने, ‘सबै भ्रष्ट्राचार गर्ने व्यक्तिहरु अहिले पनि कानुनी दायरामा आउन सकिरहेका छैनन्, भ्रष्ट्राचारलाई शून्यमा झार्न मुश्किल पर्छ ।’

उनका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीले एकवर्षको अवधिमा २४ जनालाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०७६।७७ मा २० वटा स्ट्रिङ अप्रेशनमा २४ जनालाई पक्राउ गरिएको उनले बताए ।

‘पक्राउ पर्नेमा अधिकृतस्तरका ४, सहायकस्तरका १७, जनप्रतिनिधि १ र अन्य दुईजना रहेका छन्,’ उनले भने, ‘१६६ उजुरीको आधारमा अनुसन्धान गर्ने क्रममा पक्राउ गरिएको हो ।’ यसैगरी रंगेहात पक्राउ गरी विशेष अदालतमा २० वटा मुद्दा दायर गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै प्रदेश १ का सभामुख प्रदीप भण्डारीले भ्रष्ट्राचार गर्नु अपराध रहेको बताए । उनले भने, ‘ जहाँ सुशासन हुन्छ त्यहाँ भ्रष्टाचार हुँदैन, जहाँ भ्रष्टाचार हुन्छ, त्यहाँ सुशासन हुँदैन । भ्रष्टाचार अपराध हो, बिकृती हो ।’ उनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने बताउँदै कर्मचारीहरुलाई पारदर्शी र जनउत्तरदायी बनाउन आवश्यक रहेको बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अख्तियार स्वतन्त्र, न्यायिक र पारदर्शी हुनुपर्ने बताए । ‘हरेक मानिसले कर्तव्य र जिम्मेवारीलाई इमानदारी पूर्वक बहन गर्नुपर्छ,’ उनले भने, ‘सुशासन नै समृद्धिको आधार रहेकाले इमान्दार भएर काम गर्न आवश्यक छ ।’ उनले अख्तियार राजनीतिक भागबन्डा भन्दा माथि उठ्नुपर्ने तर्क गरे ।

‘जबसम्म अख्तियार आयोग राजनीतिक भागबन्डा भन्दा अलग रहन सक्दैन तबसम्म सहि रुपमा काम गर्न सक्दैन ।’ उनले भने । उनले हरेक क्षेत्रमा राजनीतिक ढंगबाट हेरिदाँ भ्रष्ट्राचारको संख्या बढिरहेको बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले प्रदेश र स्थानीय सरकारबीच समन्वय नहुँदा जनप्रतिनिधिहरु नै अलमलिइरहेको बताए । ‘अधिकारको बाँडफाँड वडामा गरेपनि काम नहुने गरेका उदाहरण छन्,’ पोखरेलले भने, ‘पाँच बजेसम्म बस्नुपर्ने कर्मचारी दुई बजे नै हिड्छन्, अधिकार मात्रै बाढ्यौँ निगरानी गरिएन ।’

उनले अहिले प्रत्येक स्थानीय तहमा अधिकारको बाँडफाँड गरेपनि निगरानी नभएका कारण सर्वसाधारण मानिसहरु पीडित बन्नुपरेको उदृत गरे ।

धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कर्मचारीहरु अख्तियार देखि डराउनु परेको बताए । ‘अख्तियार भन्ने बित्तिकै कर्मचारी डराउने गरेका छन्, यो किन हुन्छ ? आवश्यक अनुसन्धान हुन जरुरी छ,’ उनले भने, ‘काम गर्ने वातावरण नभएकाले यसमा अख्तियारले सहजीकरण गरिदिनुपर्ने स्थिति रहेको छ ।’

इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी, मुख्यमन्त्री कार्यालयका सचिव दिनेश भट्टराई, जिसस सुनसरी उपप्रमुख कृष्णकुमारी विश्वकर्मा लगायतले सम्बोधन गर्दै स्थानीय तहले थुप्रै ऐन कानुन बनाएपनि पालना नभइराखेको बताएका थिए ।

Tags: #अख्तियार#अख्तियार इटहरीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

इटहरी : अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत सुनसरी प्रहरीले विभिन्न मुद्दाका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला...

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
FEATURE BREAKING

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

by टाकुरा न्यूज । इटहरी
असार ३, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनले चढाएको करोडौँ रुपैयाँ भेटी प्रहरीको रोहबर तथा सीसीटीभी निगरानीमा दैनिक गणना गरी...

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

सुनसरीमा ११ जना फरार प्रतिवादी नियन्त्रणमा, ६५ दिन कैद र जरिवाना असुल

असार २, २०८३
कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

कोशीमा ‘पर्यटक प्रहरी अनुशिक्षण’

असार २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

असार ३, २०८३
पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

पाथीभरा : प्रहरीको रोहबर र सीसीटीभी निगरानीमा दैनिक हुन्छ भेटी गणना

असार ३, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

झापामा मापसे गरेर साइकल चलाउँदा ज्यान गुम्यो, टिपर चालक नियन्त्रणमा

असार ३, २०८३

बाढीले बगाएको कुलो नबन्दा माझीटारको उर्वर फाँट चार वर्षदेखि बाँझै

असार ३, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1505 shares
    Share 602 Tweet 376
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    904 shares
    Share 362 Tweet 226
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1427 shares
    Share 571 Tweet 357
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    614 shares
    Share 246 Tweet 154
  • ब्राउनसुगर : इटहरीकी एक युवतीसहित तीन जना प्रहरी नियन्त्रणमा 

    392 shares
    Share 157 Tweet 98

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.