धरान : धरान उपमहानगरपालिका वडा नं ६ पानवारीमा आज दिउँसो एक बृद्धाको घाँटी रेटेर सुनको गहना लुटिएको छ ।
पानवारी निवासी ७५ बर्षीया वृद्धा जसमाया लिम्बूको घाँटी रेटिएको र सुनको गहना लुटिएको ईलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए ।
उनका अनुसार लुटेराहरुले वृद्धाको सुनको सिक्री र कानमा लगाउने गहना मारवाडी लुटेर लगेका छन् ।
घाँटी रेटिएपछि घाइते भएकी बृद्धाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनले भने, ‘घरमा अरु कोही नभएको समयमा चक्कुले घाँटीमा काटेको चोट देखियो, यस विषयमा हामी अनुसन्धान गरिरहेका छौँ ।’



















Discussion about this post