प्रहरीले मोरङको विराटनगरबाट ४ किलो गाँजासहित २ जनालाई पक्राउ गरेको छ ।
विराटनगर वडा नं १५ हुलास मेटल क्षेत्रमा गएको मोरङ प्रहरीको क्युआरटिले भारततर्फ जादै गरेको को २ ह ७२४१ नम्बरको अटोबाट गाँजा वरामद गरेको हो ।
मोरङ प्रहरीका डिएसपी एवं प्रवक्ता लोकदर्शन थापाका अनुसार गाँजासहित अटो चालक सुनसरीको इटहरी उपमहानगरपालिका वडा न ४ का ४१ बर्षीय पदमबहादुर राई र इटहरीकै ५२ बर्षीय तेजबहादुर राई पक्राउ परेका छन् ।
अटोलाई शंका लागेर चेकजाँच गर्दा वियरको कार्टुनमा लुकाइ छिपाइ गरेर भारत तर्फ लैजादै गरेको ४ किलो गाँजा वरामद भएको थियो । अटोसहित दुवैलाई नियन्त्रणमा लिएर लागुऔषध कसुरमा थप अनुसन्धान कार्य भरहेको मोरङ प्रहरीले जानकारी दिएको छ ।














Discussion about this post