तरहरा : नेकपाका दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले वर्तमान प्रधानमन्त्री केपीशर्मा ओली श्री ३ बन्न खोजेको आरोप लगाएका छन् ।
सुनसरीको इटहरी १९ तरहरामा रहेको शहीद स्कुलमा आयोजित २६ औ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै नेपालले ओली निरंकुश ढंगले तानाशाही तरिका अपनाएर श्री ३ महाराज जस्तै शासन सञ्चालनमा लागि परेको आरोप लगाएका हुन् ।
दाहाल–नेपाल समुहकी प्रभावशाली नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री ओलीले संविधान मिचेर अघि बढ्ने मार्ग अपनाउने प्रयास गरेकोमा आन्दोलनबाट मात्र उनको प्रयास असफल हुने तर्क गरिन् । आफूहरु ओलीको असंवैधानिक कदमका विरुद्धमा संवैधानिक र कानुनी लडाइ लडिरहेको उनले बताइन् ।
कार्यक्रममा बर्षमान पुन अनन्नतले ओली सरकारकै कारण नेकपाले दुई तिहाईको सदुपयोग गर्न नसकेको बताए ।
इटहरी १९ तरहरामा रहेको शहीदका सन्तानलाई पढाउन स्थापित शहीद स्मृति आवासीय माध्यामिक विद्यालय पढाइमा समेत अब्बल बन्दै गएको छ ।
विद्यालयमा हाल ४९६ विद्यार्थी अध्ययनरत रहेका छन् । ती मध्ये ३४५ जना विद्यार्थी द्धन्द्ध पीडित, अपाङ्ग र शहीदका छोराछोरी रहेका छन् ।














Discussion about this post