सङ्खुवासभाको मकालु–५ फ्याक्सिन्दामा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुर राईका आफन्तले क्षतिपूर्तिसहितको माग राख्दै अरुण तेस्रो जल विद्युत् आयोजनाको काम ठप्प पारेका छन् ।
शुक्रबार बिहान फ्याक्सिन्दा बेशीमा हिँडिरहेको अवस्थामा टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरका आफन्तले क्षतिपूर्तिको माग गर्दे दोस्रो दिन पनि निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो परियोजनाको काम ठप्प पारेका हुन् ।
टिपरको ठक्करबाट मृत्यु भएका खड्गबहादुरको शव २४ घण्टा बितिसक्दा पनि आफन्तले उठाउन मानेका छैनन् । मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च व्यहोर्नु पर्ने माग गर्दै जलविद्युत् आयोजनाको काम अवरुद्ध बनाएका छन्।
ठक्करबाट मकालु–३ हेदाङ्नाका ४२ वर्षीय खड्गबहादुर राईको घटनास्थलमा नै मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका हुन् । फ्याक्सिन्दामा जयप्रकाश एशोसिएट कम्पनीले ड्याम साइड निर्माण तथा सुरुङ मार्गको काम गरिरहेको छ ।












Discussion about this post