मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको हत्या गरेको आरोपमा प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दसहित ४२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गराएको छ ।
महासचिव नेत्रविक्रम चन्दको निर्देशनमा शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको अभियोग पत्रमा उल्लेख छ । उक्त मुद्दामा मंगलबारदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत मोरङका श्रेस्तेदार राजकुमार दाहालले बताएका छन् ।
मिक्लाजुङ गाउँपालिका–१, सरस्वती आधरभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको हत्या आरोपमा मुद्दा चलाइएकामध्ये ४१ जना फरार छन् ।चन्दा नदिएको र सुराकी गरेको आरोपमा चन्द समूहका ६ जना कार्यकर्ताले श्रेष्ठलाई घरबाट अपहरण गरी जंगलमा लगेर मंसिर २३ गते हत्या गरेका थिए ।
प्रहरीले अनुसन्धानपछि ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा पेस गरेपछि सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।
शिक्षक हत्या आरोपमा चन्द समूहका मोरङ इन्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विकलाई चन्दा उठाउने क्रममा मोरङ प्रहरीले पक्राउ गरेको छ ।
सखुुवासभाको मादी नगरपालिका–४, का ३५ वर्षीय विक, कपिलवस्तुको शिवराज नगरपालिका–९ का ५३ वर्षीय विप्लव भनिने नेत्रविक्रम चन्द, रोल्पाको थवाङ गाउँपालिका–१ का ५२ वर्षीय विशम भन्ने सन्तोष बूढामगर, कालीकोटको नरहरिनाथ गाउँपालिका–६ का ५२ वर्षीय खड्गबहादुर विश्वकर्मा, जाजरकोटका ४२ वर्षीय दीपक चलाउनेविरुद्ध अपहरण र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ ।














Discussion about this post