माघ शुक्ल पञ्चमीका दिन अर्थात आजको दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा अर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । माघ र फागुन महिनालाई शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो । कोरोना भाइरस कोभिड–१९ को प्रभाव न्यून हुँदै जाँदा सजग भएर सरस्वती पूजा गरिएको छ ।
विद्या, श्रम, सीप, कला, कौशल तथा उद्यमशीलताको मौलिक रूप र स्रोत सरस्वतीको जन्मजयन्तीको पावन अवसर एवं पर्व हो श्रीपञ्चमी अर्थात् वसन्तपञ्चमी । यस दिनमा ऋतु पूजा, विद्या पूजा, श्री लक्ष्मी पूजा, विष्णु पूजा, श्रीकृष्ण पूजा, प्रकृति पूजा, हलोको पूजा र विद्याकी देवी सरस्वतीको प्रतिमा बनाई पूजा गरिन्छ ।
सरस्वतीको प्रसादले प्रसन्न श्रीकृष्णले वरदान दिई वसन्त पञ्चमीमा सरस्वती पूजाको परम्परा चलाएको मानिन्छ ।




















Discussion about this post