यस वर्षको होली कोरोना भाइरसका कारण खेल्न नपाइने भएको छ । चीनको हुवान प्रान्तबाट फैलिएको ‘कोभिड–१९’ नोबेल कोरोना भाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिइरहेको हुनाले सतर्कता अपनाउन यस वर्षको होली खेल्न मनाही गरिएको हो।
भाइरसको उच्च जोखिमको कारण देखाउँदै जिल्लामा होली नखेल्न जिल्ला प्रशासन कार्यालय मोरङले उर्दी जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलले हस्ताक्षर गरिएको एक ‘अन्यत्नै जरुरी’ भनिएको सूचना मार्फत यस्तो उर्दी जारी भएको हो ।
Discussion about this post