नडाहा : आयोजक रातोले एपीएफ पूर्वाञ्चललाई टाइब्रेकरमा ४ बिरुद्ध ५ गोलले पराजित गर्दै वराहक्षेत्रको भरौलमा जारी दोस्रो न्यू जेनेरेसन च्यालेन्ज (सेभेन साईज) फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार प्रतियोगिताको तेस्रो खेल अन्तर्गत एपीएफ बिरुद्ध आयोजक न्यू जेनेरेशन क्लब रातोले टाइब्रेकरबाट खेलको नतिजा आफ्नो पक्षमा पारेको थियो।
स्थानीय वराहक्षेत्र ३ को महेन्द्र माध्यमिक बिद्यालयको खेलमैदानमा भएको खेलमा निर्धारित समय दुवै टिमले १-१ गोल गर्दै खेल बराबरीमा पुगेको थियो ।
पहिलो हाफमा एपीएफले अग्राता लिएको थियो । एपीएफका रंजन मगरले खेलको १९ औँ मिनेटमा गोल गरेका थिए ।
खेलको दोेस्रो हाफको ८ औँ मिनेटमा आयोजक रातोका टिम क्याप्टेन निशान लिम्बूको पासलाई विवेक राईले सदुपयोग गर्दै आफ्नो टोलीलाई बराबरी खेलमा फर्काउन सफल भएका थिए ।निकै रोमाञ्चक खेलमा थप कुनै गोल नहुँदा खेलको नतिजा टाइब्रेकरमाबाट लिएको थियो । टाइब्रेकरमा एपीएफबाट ४ गोल गरे भयो आयोजक रातो ५ गोल गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
१५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको प्रथम पुरस्कार नगद ५१ हजार १ सय ११ रुपैँया र दोस्रो पुरस्कार ३१ हजार १ सय ११ रुपैँया सहित ट्रफी प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष राज धामीले बताए ।













Discussion about this post