इटहरी : इटहरीका एक युवा अपहरणको आरोपमा पक्राउ परेका छन् ।
स्कुल गएकी एक बालिकालाई अपहरण गर्न खोजेको आरोपमा इटहरीका एक युवा पक्राउ परेका हुन् । इटहरी २ आँपगाछीकी एक बालिकालाई अपहरण गर्न खोजेको भन्दै अभिभाबकहरुको उजुरी पछि इटहरी ५ का समीर बस्नेतलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ परेको हो ।
स्कुल अगाडि ती बालिकालाई बुवाको फोन आएको छ भन्दै ललाई फकाई उनले अपहरण गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनका अनुसार कक्षा ९ मा पढ्ने बालिकालाई बस्नेतले अपहरण गरेका थिए । उनले फरार रहेका अभियुक्त बस्नेतलाइ काठमाडौँबाट पक्राउ गरेको भण्डारीले बताए उनलाई पक्राउ गरी मुद्धा दायर गरी थप अनुसन्धान गरिएको उनको भनाई रहेको थियो ।
सुनसरी घटनामा सांसद लालविक्रम थापाको भूमिकामाथि प्रश्न, छानबिन समितिको अनुसन्धान सिफारिस
इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडप स्थानीय विवादको परिणाम नभएको स्थलगत अध्ययन प्रतिवेदनले देखाएको छ। विवाद चर्किँदै जाँदा...











Discussion about this post