इटहरी : इटहरीका एक युवा अपहरणको आरोपमा पक्राउ परेका छन् ।
स्कुल गएकी एक बालिकालाई अपहरण गर्न खोजेको आरोपमा इटहरीका एक युवा पक्राउ परेका हुन् । इटहरी २ आँपगाछीकी एक बालिकालाई अपहरण गर्न खोजेको भन्दै अभिभाबकहरुको उजुरी पछि इटहरी ५ का समीर बस्नेतलाई ईलाका प्रहरी कार्यालय इटहरीले पक्राउ परेको हो ।
स्कुल अगाडि ती बालिकालाई बुवाको फोन आएको छ भन्दै ललाई फकाई उनले अपहरण गरेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक डीएसपी धर्मराज भण्डारीले जानकारी दिए । उनका अनुसार कक्षा ९ मा पढ्ने बालिकालाई बस्नेतले अपहरण गरेका थिए । उनले फरार रहेका अभियुक्त बस्नेतलाइ काठमाडौँबाट पक्राउ गरेको भण्डारीले बताए उनलाई पक्राउ गरी मुद्धा दायर गरी थप अनुसन्धान गरिएको उनको भनाई रहेको थियो ।
सुनसरीका पत्रकार हिमाल राईको निधन, शव पोस्टमार्टमका लागि बीपी प्रतिष्ठान लगियो, छोरा युकेबाट आएपछि अन्त्यष्टि गरिने
इटहरी : सुनसरीका अग्रज पत्रकार हिमाल राईको निधन भएको छ । बराहक्षेत्र २ निवासी राईको आज (आइतबार) निधन भएको हो...
Discussion about this post