Saturday, November 15, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

राजस्व छलीका कर्तुत बाहिरिँदै, चारवटा फर्मविरुद्ध ४० करोडको मुद्दा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन १७, २०७७
in समाचार
0
राजस्व छलीका कर्तुत बाहिरिँदै, चारवटा फर्मविरुद्ध ४० करोडको मुद्दा
397
SHARES
Share on FacebookShare on Twitter

इटहरी (डेस्क) : संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय राजस्व छलीको घटना फेला पारी धमाधम बाहिर ल्याउन सफल भएको छ ।

राजस्व अनुसन्धान विभागले आइतबार चारवटा फर्मविरुद्ध करिब ४० करोड रूपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट गरेको अभियोगमा विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी सुरेशकुमार राठीसहित तीन जना र वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक रजनीशकुमार गुप्तासहित चारवटा फर्मका सञ्चालकलाई करिब ४० करोड रूपैयाँभन्दा बढी असुलउपर र बिगो दाबी तथा कैद जरिमानाको मागसहित मुद्दा दायर गरेकोे हो ।

विभागले विराटनगर–९ स्थित बाबा फ्लोर मिल्सका मुख्य कारोबारी राठीसहित तीन जनाविरुद्ध मुद्दा १५ करोड ३६ लाख ६३ हजार ६ सय ७२ रूपैयाँको मुद्दा दायर गरेको छ । विभागले सोही फर्मका म्यानेजर गिरीधारीलाल अग्रवालले वास्तविक बिक्री– आम्दानीभन्दा घटी बिक्री देखाई मूल्य अभिवृद्धि कर, लाभांश कर र आयकरसमेत छली गरेको अभियोगमा मुद्दा दायर गरेको हो । यसैगरी, उनीहरूले भीसीटीएससमेतको पालना नगरेको आरोप विभागले लगाएको छ ।

झुटा तथा नक्कली भ्याटबिल प्रयोग गरी करोडौं रूपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गर्नेक्रम बढे पनि राजस्व छली गर्नेहरू निरुत्साहित हुन सकेका छैनन्

त्यसैगरी, विभागले वीरगन्ज उपमहानगरपालिका–१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फिन टे«डर्स प्रालिका सञ्चालक कुमार गुप्तासँग २५ करोड ८० लाख ६५ हजार ४ सय २३ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित अदालतमा मुद्दा दायर गरेको छ । रजनीश ट्रेडिङ कन्र्सन तथा डल्फिन ट्रेडर्स प्रालिका सञ्चालक गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकरसमेतको राजस्व चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

विभागले ती व्यक्ति तथा फर्महरूमाथि राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २ बमोजिम राजस्व चुहावट गरेको कसुरमा कारबाही हुने बताएको छ ।

विभिन्न तरिका अपनाएर राजस्व छल्नेविरुद्ध आक्रामक रूपमा अघि बढेको राजस्व अनुसन्धान विभाले झुटा तथा नक्कली भ्याटबिल प्रयोग गरी करोडौं रूपैयाँ राजस्व चुहावट गरेको अभियोगमा विभिन्न फर्म, कम्पनी तथा व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर गरे पनि अझै राजस्व छलीका घटना बाहिर आउनेक्रम नघटेको विभागले स्वीकारेको छ ।

यसअघि विभागले गत माघको अन्तिम साता मात्र विभिन्न ३८ जनाविरुद्ध झन्डै २ अर्ब रुपैयाँ राजस्व छलीको मुद्दा दायर गरेको थियो । त्यसको केही साता नबित्दै पुनः विभागले करिब ४० करोड रूपैयाँभन्दा बढीको मुद्दा दायर गरेको हो । अनुगमन एवं विशेष सुराकीको आधारमा एकैपटक यतिधेरै राजस्व छलीमा संलग्नहरूको अवैध धन्दा फेला पारी बाहिर ल्याएको विभागले जनाएको छ ।

राजस्व छलीमा समलग्न व्यवसायीले विभिन्न तरिका अपनाएर राजस्व छल्ने गरेको भेट्टिएको विभागले जनाएको छ । केहीले वस्तु तथा सेवा उत्पादन र स्थानीय खरिद तथा आयात नगरी बिक्री मात्रै गरेको, भ्याट विवरण तथा आय विवरणसमेत दाखिला नगरेको, मालवस्तुको खरिद गरेको भनिएका फर्मलाई बैंकमार्फत भुक्तानी नगरी बीजकको मात्र हस्तान्तरण गरी राजस्व चुहावट गरेको पाइएको अनुसन्धानको क्रममा पुष्टि भएको विभागको दाबी छ ।

मधुजंग पाण्डेले लेखेको यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।

Tags: राजस्व छली
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय
FEATURE BREAKING

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८२
0

इटहरी : आफ्नै घरमा बसेर सरकारबाट आवास भत्ता लिएको विषय सार्वजनिक भएपछि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी विवादमा...

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार
समाचार

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८२
0

धरान : विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरीले धरानमा ठूलो परिमाणको गाँजा बरामद गरेको छ । धरान उपमहानगरपालिका–४ बौद्ध बिहार...

आगलागीमा परी दुई बालबालिकाको मृत्यु

झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

कार्तिक २९, २०८२

ताप्लेजुङमा मन्दिरबाट लडेर बालिकाको मृत्यु

कार्तिक २९, २०८२
स्थानीय तह निर्वाचन : वैशाख ११ र १२ गते मनोनयन दर्ता

मतदाता नामावली संकलन मंसिर ५ गतेसम्म

कार्तिक २८, २०८२
जेनजी आन्दोलनको आवरणमा मोरङमा विध्वंस मच्चाउने २१ जना पक्राउ (सूचीसहित)

जेनजी आन्दोलनको आवरणमा मोरङमा विध्वंस मच्चाउने २१ जना पक्राउ (सूचीसहित)

कार्तिक २८, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

आफ्नै घरमा बसेर आवास भत्ता लिएका कोशीका मन्त्री भण्डारी विवादमा तानिए

कार्तिक २९, २०८२
धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

धरानमा ४९ किलो गाँजा बरामद, दुई जना फरार

कार्तिक २९, २०८२
आगलागीमा परी दुई बालबालिकाको मृत्यु

झापामा ८४ वर्षीय वृद्धले आफ्नै शरीरमा आगो लगाएपछि…

कार्तिक २९, २०८२

ताप्लेजुङमा मन्दिरबाट लडेर बालिकाको मृत्यु

कार्तिक २९, २०८२



लाेकप्रिय

  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1334 shares
    Share 534 Tweet 334
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    767 shares
    Share 307 Tweet 192
  • यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2625 shares
    Share 1050 Tweet 656
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    489 shares
    Share 196 Tweet 122
  • इटहरीमा पार्किङ गर्न खोजिएको ईभी गाडीको ठक्करबाट एक महिलाको मृत्यु

    343 shares
    Share 137 Tweet 86

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.