धरान : धरानबाट प्रतिबन्धित औषधिसहित दुई युवा पक्राउ परेका छन् ।
धरान ५ मा डेरा गरी बस्दै आएका बलराज घिमिरे र भक्तबहादुर तामाङको कोठाबाट लुकाई राखेको अवस्थामा टिडोल ५० लेखिएको औषधि बरामद गरिएको प्रहरीले जनाएको छ।
औषधि व्यवस्था विभागमा दर्ता भए नभएकोबारे थप पुष्टि गर्न इलाका प्रहरी कार्यालय धरानले पक्राउ परेका बलराज र भक्तबहादुरसहित कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाएको छ ।
इप्रका धरानका अनुसार टिडोल ५० लेखिएको औषधि बलराजको कोठामा कार्टुनमा प्याक गरी राखेको अवस्थामा ४१२ क्याप्सुल बरामद भएको छ भने भक्तबहादुरको साथबाट २० क्याप्सुल बरामद भएको थियो । उनीहरुलाई प्रहरीले फागुन १७ गते पक्राउ गरेको हो । उनीहरुलाई थप कारबाहीको लागि औषधि व्यवस्था विभाग प्रदेश १ को कार्यालय विराटनगर पठाइएको छ ।














Discussion about this post