इटहरी : इटहरी उपमहानगरमा फागुन २३ देखि २७ गतेसम्म १२ वटा खोप केन्द्रहरुमार्फत कोरोना खोप लगाइने भएको छ ।
वडा नम्वर ६, ७, ८ र ९ का लागि इटहरी अस्पतालमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ । फागुन २३ र २४ गते वडा नम्वर २ को कार्यालयमा, वडा नम्वर ३ को आधारभूत स्वास्थ्य केन्द्रमा, वडा नम्बर ४ को सामुदायिक अस्पताल र वडा नम्बर ५ को परिवार नियोजन संघमा खोप लगाउने कार्यतालिका छ ।
यसैगरि १० देखि १३ नम्वर वडाका लागि खनार स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म खोप लगाइने छ । वडा नम्वर १० को मनमोहन प्रा.वि मा फागुन २५ गते, १७ र १८ वडाका लागि पकली स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म कोरोना विरुद्धको खोप लगाइने छ।
वडा नम्वर १४ देखि १६ का लागि एकम्वा स्वास्थ्य चौकीमा फागुन २३ देखि २७ गते सम्म, वडा नम्वर १ को हाँसपोसा स्वास्थ्य चौकी भवनमा फागुन २३ र २७ गते, वडा नम्वर १९ को पञ्चालयत रजत निमाविमा फागुन २४ गते र वडा नम्वर २० को महिला असहाय भवन तरहरामा फागुन २५ र २६ गते खोप लगाउने कार्यक्रम रहेको इटहरी उपमहानगरपालिकाले जनाएको छ ।
तेश्रो चरणमा ५५ वर्षमाथिका जेष्ठ नागरिक, विद्यालयका शिक्षक कर्मचारी, निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, सार्वजनिक स्वास्थ्य संस्थाका चालक सहचालक र छुटेका जनप्रतिनिधि र कर्मचारीलाई खोप दिइने छ ।















Discussion about this post