Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

मानसिक यातना दिएर विद्यार्थीसँग शुल्क असुल्दै इटहरीका निजी कलेज

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ३, २०७७
in टाकुरा विशेष, समाचार
0
मानसिक यातना दिएर विद्यार्थीसँग शुल्क असुल्दै इटहरीका निजी कलेज

मंगलबार इटहरीको शिक्षा शाखा अगाडि भेला भएका विद्यार्थी ।

1.2k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरीका निजी कलेजहरुले विद्यार्थीलाई मानसिक यातना दिएर लकडाउनको समयमा अध्ययन नभएको शुल्क असुल्ने गरेको पाइएको छ । इटहरीका अधिक निजी कलेजहरुले विद्याार्थीलाई विभिन्न बहाना बनाएर मानसिक यातना दिई शुल्क असुल्ने गरेको पाइएको हो ।

इटहरीको विश्व आदर्श कलेजमा कक्षा १२ अध्ययनरत नीमा तामाङले आफूहरुलाई कलेजले मानसिक यातना दिने गरेको बताए ।

‘हामीले जति समय पढ्यौँ त्यति समयको पैसा तिर्ने माग राखेका हौँ, कलेजले मानसिक रुपमा यातना दिएर शुल्क असुल्न लागिपरेको छ ।’ शिक्षकहरुले प्रयोगात्मक परीक्षामा फेल गराइदिने भन्दै अश्लील शब्द प्रयोग गरी धम्की दिने गरेको उनले गुनासो गरे ।

‘प्राक्टिकलको नम्बर काटिदिन्छु भन्दै धम्की दिएर शुल्क असुल्ने गरेको छ,’ उनले टाकुरासँग भने, ‘परिवारलाई पनि फोन गरेर मानसिक रुपमा टचर दिने गरेका छन् ।’

शिक्षकले निजी विद्यालय राजनीति गर्ने थलो नभएको भन्दै सामुदायिक विद्यालयमा अध्ययन गर्न जानका लागि पटक–पटक धम्की दिने गरेको तामाङको गुनासो थियो । ‘तिमीहरु राजनीति गर्ने भए सामुदायिक क्याम्पस जानू, नभए प्रहरीको भ्यान बोलाएर पठाइदिन्छु, यति सम्म भनेर पटक–पटक धम्की दिएका छन् ।’ कलेजले विद्यार्थीहरुलाई यातना दिने गरेकाले अध्ययन गर्न समेत आफूहरु निराश भएको सम्झदैँ भने ।

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । इटहरीको विश्व आदर्श, कस्तुरी, कोशी, शुष्मा, नमुना लगायत यहाँ रहेका आधा दर्जन बढी निजी कलेजका सयौँ विद्यार्थीहरु उनीजस्तै शोषणमा छन् । कलेजहरुले विभिन्न बहानामा विद्यार्थीहरुसँग यातना दिएर शुल्क असुल्ने गरेको विद्यार्थीहरुको गुनासो छ ।

इटहरीको कस्तुरी कलेजमा कक्षा १२ मा अध्ययनरत निश्चल पौडेल भन्छन्, ‘जम्मा सात महिना पढाई भएको छ, अहिले कलेजले विभिन्न रुपमा मानसिक यातना दिएर १२ महिनाको नै फि मागिरहेको छ ।’ उनका अनुसार कलेजले १२ कक्षाको फर्म भनुर्् अगाडि नै वर्षभरीको सबै पैसा माग्ने गरेकाले आफूहरु समस्यामा रहेको उदृत गरे।

इटहरीको कोशी कलेजकी सुमिना डाँगीले अनलाइनबाट कक्षा सञ्चालन भएको पनि कलेजले शुल्क असुलेको बताईन् ।

मंगलबार इटहरीको शिक्षा शाखा अगाडि भेला भएका विद्यार्थी ।

‘लकडाउनको समयमा कहिलेकाहीँ अनलाइनबाट पढाई भएको पनि कलेजले रकम मागेको अवस्था छ,’ उनले आफ्नो समस्या सम्झदैँ भनिन्, ‘सबैको घरमा नेट हुँदैन धेरैजसो विद्यार्थीले त अनलाइनबाट पढ्न पनि पाएनन्, तर हामीले मानसिक यातना भोगिरहेका छौँ ।’ उनका अनुसार अनलाइन क्लासको नाममा कलेजले चरम शोषण गरेको बताइन् ।

‘त्यो समयमा अनलाइनबाट कक्षा लिनका लागि भर्ना नगरी हुँदैन भनेर हामीले जबरजस्ती दश हजार रुपैँया तिर्न बाध्य भयौँ,’ उनले भनिन्, ‘१२ कक्षाको फर्म भर्नका लागि अहिले सबै रकम मागिरहेको अवस्था छ ।’

यता, इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीले भने उपमहानगर र कलेज प्रशासनबीच छलफल भएपनि कुनै निर्णय भइनसकेको प्रतिक्रिया दिए । उनले भने, ‘हामीले विभिन्न चरणमा विद्यार्थी र कलेज प्रशासनबीच छलफल गर्नेछौँ, वास्तविकताको नजिक पुगेर उचित निर्णय गर्नेछौँ ।’

उता, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले भने सुनसरीको मात्रै नभई यो समस्या राष्ट्रिय मुद्धा रहेकाले सरकारबाटै निर्णय आएमा मात्रै समस्याको निराकारण हुने बताए । उनले टाकुरासँग भने, ‘विद्यालयले छुट्टीका दिन पनि पढाएका छन् र जेठसम्ममा कक्षा सक्नु विद्यालयका दायित्व हो । कक्षा सकेपछि पैसा तिर्नु विद्यार्थी र अभिभावकको दायित्व हो ।’ उनले विषय पढाइ भइसक्ने भएपछि रकम तिर्नु अनिवार्य रहेको भन्दै गैरजिम्मेवारीपूर्ण जवाफ दिए ।

विद्यार्थीहरुको माग जायज भएपनि यहाँका निजी कलेज सञ्चालकहरु यस विषयमा मौन रहेका छन् । कलेज सञ्चालकहरुले भने विषय अध्यापन गराइसकेपछि शुल्क लिन पाइने, आफूहरुले शिक्षक, कर्मचारीलाई तलब दिनुपर्ने भएकाले विद्यार्थीबाट शुल्क लिनुपरेको भन्दै रेडिमेट जवाफ दिने गरेका छन् ।

मंगलबार इटहरी उपमहानगरपालिका, हिसान सुनसरी र विद्यालय प्रशासनबीच छलफल भएपनि यकिन निर्णय नहुँदा उपमहानगरपालिका परिसरमा भेला भएका विद्यार्थी निराश भएर घर फर्किएका छन् ।

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका #इटहरीटाकुरा विशेषशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार
कला साहित्य

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

धरान : ३५ औँ राष्ट्रिय कविता महोत्सवको तयारीस्वरूप विमल गुरुङ स्मृति पुस्तकालयले कविहरूबाट कविता र पुस्तक आह्वान गरेको छ। आगामी कात्तिक...

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क
फाेटाे फिचर

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क । धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकता कायम राख्ने उद्देश्यका...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३
यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ

महालेखाको प्रतिवेदन : कोशीमा १.०६ प्रतिशत बेरुजु, सुझाव कार्यान्वयनमा प्रदेश प्रमुखको जोड

जेष्ठ १९, २०८३
समपूरक अनुदान : झापासहित कोसीका सात सडकको स्तरोन्नति

उत्तर-दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत भौतिक प्रगति

जेष्ठ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

जेष्ठ १९, २०८३
मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

जेष्ठ १९, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.