Wednesday, October 21, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

शिक्षकलाई तलव नै नदिएका इटहरीका निजी कलेज, विद्यार्थीलाई धम्क्याएर शुल्क असुल्दै

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
चैत्र ६, २०७७
in टाकुरा विशेष, समाचार
0
शिक्षकलाई तलव नै नदिएका इटहरीका निजी कलेज, विद्यार्थीलाई धम्क्याएर शुल्क असुल्दै

शुक्रबार आन्दोलनमा उत्रिएका विद्यार्थीहरु । तस्वीर सौजन्य : मिलन बिछोड ।

460
SHARES
Share on FacebookShare on Twitter

इटहरी : कोरोना महामारीका कारण लकडाउनको समयमा शिक्षकलाई तलव नै नदिएका इटहरीका निजी कलेज सञ्चालकहरुले विद्यार्थीलाई भने धम्क्याएर शुल्क लिने गरेको खुलेको छ ।

एक हप्ता अगाडिदेखि लकडाउनको शुल्क लिन नहुने भन्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरुलाई कलेज सञ्चालकहरुले पटक–पटक धम्की दिएर शुल्क लिन दबाब दिदैैँ आएको छ । शिक्षक, कर्मचारीलाई तलव दिनुपर्ने भन्दै विद्यार्थीसँग शुल्क मागेपनि शिक्षकलाई लकडाउनको हालसम्म तलव नदिएको स्वयम् शिक्षकहरुले बताउँदै आएका छन् ।

कलेजले शिक्षक, कर्मचारीलाई तलव दिनुपर्ने भन्दै विद्यार्थीबाट एक वर्षकै शुल्क उठाउन बाध्य भएको निजी कलेज सञ्चालकहरुले जिकिर आएका छन् । यद्यपि, कलेजले भने लकडाउनको समयको भने शिक्षक र कर्मचारीलाई तलव नदिएको स्वयम् शिक्षकहरुले बताउँदै आएका छन् । उनीहरुले खुलेर नबताएपनि नाम नखुलाउने शर्तमा हालसम्म कोरोनाकालको तलव नपाएको र अहिले विद्यार्थीसँग आँफूखुशी शुल्क असुल्ने गरेको बताउँदै आएका छन् ।

शुक्रबार यहाँका विश्वआदर्श, कस्तुरी, कोशी, शुष्मा, लगायतका कलेजमा अध्ययन गर्ने सयौँ विद्यार्थीहरुले इटहरीको मुख्य चौक, उपमहानगरपालिका परिसरमा आन्दोलन गरेर सडकमा चक्काजाम समेत गरेका थिए । बिहीबार इटहरी उपमहानगरपालिका, हिसान सुनसरी र कलेज प्रशासनबीच दा्रेसो चरणको बैठक बसिएको भएपनि कुनै निर्णय नआएपछि आफूहरु पुनः आन्दोलनमा उत्रिएको विश्व आदर्श कलेजका विद्यार्थी नीमा तामाङले बताए ।

इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीले भने बिहीबारको बैठकमा उपमहानगरपालिकाले असोज महिना यताको मात्रै शुल्क लिन भनेको थियो । तर, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले भने १२ महिनाको नै शुल्क लिनुपर्ने भन्दै बैठकबाटै उठेर हिनेका थिए । शिक्षा शाखा प्रमुख सुवेदीले निर्णय सुनाउने बित्तिकै हिसान सुनसरीका अध्यक्ष घिमिरे र शुष्मा कलेजका सञ्चालक बोधराज नेपाल बैठकबाटै बाहिरिएका थिए ।

शुल्कको विषय राष्ट्रिय मुद्दा भएकोले आफूहरूले शुल्क नघटाउने र कोर्ष सकेको रकम लिएको भन्दै निजी कलेज सञ्चालकहरुले जिकिर गर्दै आएका छन् । आफूहरुको माग सम्बोधन नभएपछि शुक्रबार विद्यार्थीहरुले इटहरी उपमहानगरपालिका घेराउ समेत गरेका थिए । मानवीय यातना दिएर विद्यार्थीसँग शुल्क उठाइरहेको विद्यार्थीहरुको आरोप छ ।

सहमति जुट्न नसकेपछि विद्यार्थीहरुले शुक्रबार नै विश्व आदर्श, कस्तुरी, कोशी र शुष्मा तालाबन्दी गरेका छन् । आक्रोशित विद्यार्थीले शुष्मा कलेजको गेट नै भत्काइदिएका थिए । इटहरीमा पहिलोपटक निजी कलेजका विद्यार्थी यसरी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुको मागलाई विद्यार्थी संगठनले पनि साथ दिएका छन् ।

निजी कलेजका विद्यार्थीहरुको आन्दोलनलाई एमाले निकट अनेरास्ववियू, कांग्रेस निकट नेविसंघ र माओबादी निकट अखिल क्रान्तिकारीले विज्ञप्तीमार्फत समर्थन जनाएका छन् । हिसान सुनसरीले भने गत आइतबार आन्दोलनको कुनै औचित्य नभएको र कुतर्कको पछि नलाग्न भन्दै विद्यार्थीको आन्दोलनलाई कुतर्कको संज्ञा दिएको थियो ।

 

Tags: #इटहरीटाकुरा विशेषशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो
FEATURE BREAKING

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

by रासस
कार्तिक ३, २०८३
0

सुनसरी : धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको लर्को लागेको छ । बुढासुब्बा मन्दिरमा महानवमीका दिन कुखुराको भाले...

इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय
समाचार

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ३, २०८३
0

झापा : झापाको बाह्रदशी गाउँपालिका–२ मा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ भने अर्का वृद्ध गम्भीर...

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३
उदयपुरमा बढ्दो सुरक्षा चुनौती :  १०० आत्महत्याका घटना दर्ता

असोजमा उदयपुर प्रहरीमा ४२ मुद्दा दर्ता, १९ जना फरार

कार्तिक २, २०८३
सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

कार्तिक २, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

मनोकामना पूरा हुने विश्वासले बुढासुब्बामा भक्तजनको घुइँचो

कार्तिक ३, २०८३
इटहरीमा हात्ती आतंक, रातभर अन्धकारमा जाग्राम बस्छन् स्थानीय

झापामा हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

कार्तिक ३, २०८३
दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

दसैँ लक्षित भोजपुर–बराहक्षेत्र जेटबोट सेवा पुनः सञ्चालन

कार्तिक ३, २०८३
तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

तीन महिनादेखि अवरुद्ध खाँदबारी–किमाथाङ्का सडक पुनः सञ्चालनमा

कार्तिक ३, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    638 shares
    Share 255 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    459 shares
    Share 184 Tweet 115
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    158 shares
    Share 63 Tweet 40

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.