सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नरेन्द्रकुमार कार्कीमाथि कुटपिट गरेको आरोप लागेको छ ।
डीएसपी कार्कीले कार्यकक्षमा बोलाएर आफूमाथि कुटपिट गरेको सुनसरीको देवानगञ्जका नारायण मेहताले आरोप लगाएका छन् । शनिबार पीडितले इनरुवामा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफूमाथि कुटपिट भएको बताएका हुन् ।
मेहताले भने, ‘आफन्तमाथि भएको कुटपिटको विषयमा उजुरी दिन जिल्ला प्रहरी कार्यालय गएको थिएँ । सोही विषयलाई लिएर बढी बोलिस, तै भँडुवा होस भनेर डीएसपीले आफ्नो कार्यकक्षमा बोलाएर ढोका थुनी कुटपिट गरे’ ।
संचारकर्मी समक्ष मेहताले आफुमाथि चैत्र ५ गते कुटपिट गरिएको बताए । उनले आफन्त लक्ष्मण र सीताकुमारी मेहतामाथि भएको कुटपिटको घटनालाई प्रहरीले ढाकछोप गर्न खोजेको समेत आरोप लगाएका छन् ।
उता कुटपिटको आरोप लगाइएका डिएसपी कार्कीले आँफूले कोही कसैमाथि हातपात वा दुर्व्यवहार नगरेको प्रतिक्रिया दिएका छन् ।














Discussion about this post