झापा : झापाको बाह्रदशी गाउँपालिका ७ स्थित डाँगीवारी नजिकै भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका ७ निवासी ४८ वर्षीय सुशील राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
मे ७ प ४९४१ नम्वरको स्कुटरमा सवार उनलाई ना १ ख ९६२५ नम्वरको पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्कुटरमा सवार मृतक सुशीलकी श्रीमती कमला राजवंशी घाइते भएकी छिन् । उनको बिएण्ड सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका राजवंशी दम्पत्ती सवार स्कूटरलाई विपरीत दिशाबाट जाँदै गरेको ट्याङ्करले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।














Discussion about this post