इटहरी : कमेडी च्याम्पियनको टप ३ मा पर्न सफल इटहरीका सुमन कोईरालाले आँफूलाई भोट गर्न अपिल गरेका छन् । इटहरी १७ मा बसोबास गर्दै आएका कोइराला केही समययता काठमाडौँमा बस्दै आएका छन् ।
बाल्यकाल देखि नै कला क्षेत्रमा रूची राख्ने उनी अहिले कमेडी च्याम्पियनको बिजेता नजिक पुगेका छन्।
रेडियो तथा टिभीमा कमेडी कार्यक्रमका सो चलाउँने सुमन अहिले कमेडी च्याम्पियन बन्नका लागि संघर्ष गरिरहेका छन् । कमेडी च्याम्यिनको भोलि चैत्र १ गते हुँदैछ ।
प्रतिभा भएर पनि टप ९ बाट सुमन बाहिरिए तर निर्णायकहरुको निर्णय सहित वाइल्डकार्डको प्रावधानले उनि पुनः सो मा छिर्ने अवसर पाए ।
कमेडी च्याम्पियनमा प्रथम हुनेले नगद २५ लाख, एउटा कार र बिभिन्न गिफ्ट ह्याम्परका साथै बिश्वको बिभिन्न देश भ्रमणको अवसर पाइनेछ भने दोश्रो र तेश्रो हुनेले नगद पुरस्कार र बिभिन्न गिफ्ट ह्याम्पर र बिभिन्न देशहरू भ्रमणको अवसर पाउने छन् ।
कमेडी च्याम्पियनमा हाल रोल्पाबाट खडगबहादुर पुन मगर, धादिङका हिमेश पन्त र इटहरीका सुमन कोइरालाबीच प्रतिस्पर्धा भईरहेको छ । सुमनले आँफू सुनसरी बासिन्दा भएको र यहाँका मानिसहरुको सहयोगमा कमेडी च्याम्पियन हुने विश्वास व्यक्त गरे ।
Discussion about this post