पाँचथर : पाँचथरमा सडकको ट्र्याक खोल्दै गरेको स्काभेटर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको तामाकोशी गाउँपालिका–३ पुरानोगाउँका २८ वर्षीय पवन महत रहेका छन् ।
बिहीबार निर्माणाधीन तमोर कोरिडोर सडकको कुम्मायक गाउँपालिका–४ वनथाकमा ट्र्याक खोल्दै गरेको ना १ क ८३२१ नम्बरको स्काभेटर चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
प्रहरीका अनुसार भीरमा ट्र्याक खोल्दै गरेको स्काभेटर चिप्लिएर करिब ५०० मिटर तल झरेको थियो । चालकलाई स्काभेटरको धारिलो भागले काटेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।














Discussion about this post