इटहरी : मोरङको सुन्दरहरैँचा नगरपालिका ६ मा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज दिउँसो साँढे १ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बसलाई सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५६१ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।
ओभरटेक गर्दा बसमा ठोक्किएर घाइते भएका मोटरसाइकल चालक विराटनगर महानगरपालिका ३ का २० वर्षीय अजय सहनीको उपचारको क्रममा मृत्यु भएको हो ।
उनको विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।













Discussion about this post