इटहरी : इटहरीमा रहेको सोसियल रिकन्ट्रक्सन फाउन्डेशनले अल नेपाल हाल्फ म्याराथन आयोजनाको तयारी तीब्र पारेको छ ।
केही वर्षयता सामाजिक काममा सक्रिय रहेको फाउन्डेशनले आगामी वैशाख ११ गते प्रदेश १ कै सबैभन्दा ठूलो अल नेपाल हाल्फ म्याराथुन आयोजनाको तयारी तीब्र पारेको जनाएको छ ।
फाउन्डेशनका अध्यक्ष राम निरौलाका अनुसार खेलकुदमा कोरोनाले देखा परेको समस्यालाई निराकरण पार्नका लागि म्याराथन आयोजना गर्न लागिएको हो । स्वास्थ्यको लागि खेलकुद, नेपालको लागि खेलकुद भन्ने सन्देश दिनका लागि उक्त कार्यक्रमको आयोजना गर्न लागिएको निरौलाले बताए ।
प्रतियोगितामा सहभागी पुरुषहरुले २१ किलोमिटरको दूरी पार गर्नुपर्नेछ भने महिलाले १० किलोमिटर दूरी पार गर्नुपर्नेछ । खेलमा सहभागी हुनेले दर्ता शुल्क स्वरुप पाँच सय रुपैँया तिर्नुपर्ने र दर्ता वैशाख ६ गतेसम्म रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुषतर्फ प्रथम हुनेले नगद एक लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र शान्तवना हुनेले १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पार्नेछन् ।
त्यस्तै, १० किलोमिटर दूरी पार गर्दा प्रथम हुने महिलालाई नगद ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १० हजार र शान्तवना हुनेले पाँच हजारसहित मेडल र प्रमाणपत्र हात पार्नेछन् ।















Discussion about this post