सुन्दरहरैँचा : सुकुना बहुमुखी क्याम्पसमा अध्ययनरत बिएड विज्ञान संकायका बिद्यार्थीहरुले भित्तासँग होली मनाएका छन् ।
खाजा खर्च बापतको रकम संकलन गरी क्याम्पस भित्र रहेका करीब ३० वटा कक्षा र शौचालयका भित्तामा लेखिएका अनैतिक शब्द तथा चित्रहरु माथि रंगरोगत गरेर भित्तालाई सुन्दर बनाइएके थियो ।
शौचालयका भित्तामा लेखिएका शब्द पढ्दा सामान्य लागेपनि यसले नकारात्मक असर पार्ने भएकाले रंगरोगन गरिएको कार्यक्रम संयोजक रुपेश पराजुलीले बताए । क्याम्पस प्रशासनले भने उक्त रंगरोगन गर्ने कार्य अर्थपूर्ण रहेको र एतिहासिक काम रहेको जनाएको छ ।
कार्यक्रमका परिकल्पनाकार हृदय झा भन्छन् ‘सकिन्छ आफ्नो सानो लगानीमा सिर्जनशीलता प्रयोग गरेर विद्यालयमा राम्रो काम गरौँ, सकिदैन विद्यालय र क्याम्पसलाई क्षति नपुर्याऔँ ।’














Discussion about this post