झापा : महिला तथा युवतीलाई बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा झापाको दमकमा दुईजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । साथै प्रहरीले ८ जना युवती तथा महिलाको उद्धार समेत गरेको छन्।
बन्धक बनाएर यौन धन्दा चलाएको आरोपमा मोरङ पथरीशनिश्चरे नगरपालिका ३ निवासी ३८ वर्षीय उर्मिला नेम्बाङ र इलाम चुलाचुली गाउँपालिका ४ बस्ने ३८ वर्षीय बन्ठी भन्ने नन्दिता साँवा लिम्बूलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए।
दमक नगरपालिका ६ स्थित नयाँ सब्जी मन्डीमा घर भाडामा लिएर नेम्बाङ र लिम्बूले युवती तथा महिलाहरूलाई बन्धक बनाएर यौनधन्दा चलाउँदै आएका थिए ।
पक्राउ परेका उनीहरुमाथि मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान अगाडि बढाइएको झापा प्रहरीले जनाएको छ ।














Discussion about this post