पाँचथर : पाँचथर फिदिम नगरपालिका १२ भोटेगाउँ बस्ने १९ वर्षीय राजु ढुंगानाको करेन्ट लागेर मृत्यु भएको छ ।
आज विहान ७ बजे सोही स्थानमा बिजुलीको पुरानो ट्रान्समिटर निकालेर नयाँ ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका ढुंगानाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको समर्पित अस्पताल पाँचथरमा विहान १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।














Discussion about this post