इटहरी : सुनसरीको रामधुनी नगरपालिका ७ बस्ने कुलबहादुर बस्नेतको नाम दर्ता रहेको को १४ प ९० नम्वरको मोटरसाइकल चोरी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इनरुवा नगरपालिका १ शान्तिचोकमा पार्किङ गरेर राखेको अवस्थामा मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा सुनसरी प्रहरीले दुईजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गढी गाँउपालिका १ वस्ने वर्ष २० को महमद सुभान र सोही स्थान बस्ने वर्ष १९ को महमद असफरल रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उनीहरुले मोटरसाइकल चोरी गरेर भाग्ने क्रममा सार्वजिक बाटोमा गाईलाई ठक्कर दिएर दुर्घटना गराएका थिए ।
दुर्घटना पश्चात प्रहरी टोलिले चोरीको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरेको थियो ।
पक्राउ परेका उनीहरुमाथि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालत सुनसरीबाट दिन सातदिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post