झापा : झापाको भद्रपुर नगरपालिका ४ डाँगीबारीबाट ब्राउनसुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ बस्ने ४० वर्षीय लोकेन श्रेष्ठ र भद्रपुर नगरपालिका १० बस्ने ३६ वर्षीय विनोद राजवंशी र २४ वर्षीय गोविन्द राजवंशी रहेका छन् ।
उनीहरूको साथबाट लागूऔषध ब्राउनसुगर ९ ग्राम ११० मिलिग्राम र डिजिटल तराजुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post