इटहरी : विराटनगरस्थित नोबेल अस्पतालमा नवजात शिशुको उपचारको क्रममा मृत्यु भएपछि तनावग्रस्त बनेको छ ।
इटहरी १ आँपगाछीकी सरीता प्रधानबाट शिशुलाई जन्मदिने क्रममा चिकित्सकको लापरवाहीले नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तहरूले नाराबाजी गर्दै आन्दोलनमा उत्रिएपछि अस्पतालमा तनावग्रस्त बनेको हो ।
२५ चैतमा आमा र बच्चाको सामान्य अवस्था रहेकै बेला भर्ना गरिएपनि प्रसुति गराउने क्रममा भ्याकुमले तान्दा शिशुको मृत्यु भएको आफन्तको भनाइ छ ।
चिकित्सकले डेलिभरीको डेट २२ चैतमा दिएका थिए ।
भ्याकुमले तानेर निकालिएको बच्चाको टाउको, छाति र शरीरमा चोट देखिएपछि आफन्तहरु आक्रोशित छन् ।














Discussion about this post