झापा : झापाका पत्रकार कमल मिश्रको कोरोना संक्रमणका कारण निधन भएको छ ।
झापाका पुराना पत्रकार तथा मानव अधिकार र धार्मिक अभियानमा सक्रिय ४८ वर्षीय मिश्रको कोरोना संक्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
पत्रकार मिश्र केही दिनदेखि कोभिड अस्पताल टेकु काठमाण्डौमा भर्ना भएर उपचाररत थिए । उपचारकै क्रममा गएराति १ बजे उनको निधन भएको मिश्रका आफन्त तथा झापाली पत्रकार तीर्थ सिग्देलले जानकारी दिए ।














Discussion about this post