झापा : झापा मेचीनगर नगरपालिका ७ स्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
आज विहान साढे ९ बजे पूर्व जाँदै गरेको डब्लुबी ७३ बी ३३२४ नम्बरको इन्डियन ट्रकले साइकललाई ठक्कर दिँदा साइकलयात्री मेचीनगर नगरपालिका ८ जोर सिमल का ३० वर्षीय मनोज मेचे गम्भीर घाइते भएका थिए ।
उनको बीएण्डसी अस्पतालमा उपचारको क्रममा विहान सवा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post