Wednesday, June 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीका विद्यालयले मानेनन् सरकारको निर्णय, १६ गतेदेखि फाइनल परीक्षा लिने यस्तो छ तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख ७, २०७८
in टाकुरा विशेष, समाचार
0
कोरोना राहत, उद्धारमा छुट्याएको ५ करोड के मा खर्च भयो ? खर्चको हिसाब दिन मान्दैन इटहरी उपमहानगर
3k
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सरकारको निर्णय उल्लघंन गर्दै इटहरीमा विद्यालय सञ्चालनमा आएका छन् । सोमबार मन्त्रिपरिषद्को बैठकले वैशाख महिनाभर विद्यालय बन्द गर्न निर्णय गरेपनि इटहरी उपमहानगरपालिकामा सञ्चालित विद्यालयले भने निर्णय उल्लघंन गर्दै मंगलबार आफूखुशी विद्यालय सञ्चालन गरेका हुन् ।

इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद सुवेदीका अनुसार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने सम्बन्धमा मंगलबार बैठक बसिएको र परीक्षाको तयारी अघि सारिएको छ ।

‘विद्यालय सञ्चालक र सम्बन्धित मानिसहरुसँग बैठक बसेर परीक्षाको तयारी अघि सारेका छौँ,’ सुवेदीले भने, ‘परीक्षा बाहेक अन्य पठनपाठन बन्द गर्ने सरकारको निर्णय भएअनुरुप आन्तरिक मूल्याङ्कन र प्रयोगात्मक परीक्षा लिने भन्ने विषयमा निर्णय भएको छ ।’

उनका अनुसार बुधबारदेखि तीनदिनसम्म आन्तरिक मूल्याङ्कन र प्रयोगात्मक परीक्षा लिनका लागि तयारी अघि बढाउने र ११ गतेदेखि १५ गतेसम्म पठनपाठन बन्द गर्ने निर्णय भएको छ ।

साथै, १६ गतेदेखि भने वैशाख मसान्तसम्ममा सबै परीक्षा सक्नुपर्नेगरी निर्णय भएको सुवेदीले बताए । उनले टाकुरासँग भने, ‘यसअघि कक्षा ५ र ८ को परीक्षा नगर शिक्षा समितिले जेठ २ गते लिने तयारी थियो, तर पछिल्लो केहीदिनयता कोभिडको संख्या बढ्दै गएपछि आगामी १९ गतेदेखि फाइनल परीक्षा गराउने तयारी गरिएको छ ।’

एसईई, ११ र १२ कक्षाको भने राष्ट्रिय परीक्षा बोर्डले नै निर्णय गरेकाले आफूहरुले कुनै निर्णय गर्न नमिल्ने बताउँदै उनले बाँकी रहेका अन्य कक्षाका भने १६ गतेदेखि मसान्तसम्म फाइनल परीक्षा लिनेगरी तयारी अघि बढाइएको सुवेदीले बताए ।

‘हामीले आन्तरिक व्यवस्थापन अघि सारेर फाइनल परीक्षा लिनेगरी निर्णय गरेका छौँ,’ उनले भने, ‘आज एक पत्र जारी गर्दै शिक्षा शाखाले सो निर्णय गरेको छ ।’

मंगलबार इटहरीका सबैजसो सामुदायिक तथा निजी विद्यालयहरुले अध्यापन गराएका थिए । सरकारले प्रदेश १ को इटहरीसहित धरान, विराटनगर, मेचीनगर, बिर्तामोड, दमकमा विद्यालय, कलेज ट्युसन सेन्टर र तालिम केन्द्र बन्द गर्ने निर्णय गरेको थियो ।

उता, हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेका अनुसार यसअघि जेठ लागेपछि मात्रै परीक्षा गर्ने कुरा भएपनि तत्काल परीक्षा गर्नका लागि इटहरी उपमहानगरले निर्देशन दिएबमोजिम तयारी अघि बढाइएकोछ ।

‘जेठमा जाँच गर्न नसकिने पूर्वानुमान गरेकाले हामीले तीनदेखि चारदिन विद्यालय सञ्चालन गर्ने र परीक्षा लिने निर्णय गरेका हौँ,’ घिमिरेले टाकुरासँग भने, ‘११ र १२ कक्षाको भने सम्भव भएसम्म भौतिक नभए अनलाइन कक्षा पढाउने तयारी गरेका छौँ ।’

उनका अनुसार सुनसरीका १२ वटा स्थानीय तहमा दुई सय भन्दा बढी विद्यालय सञ्चालनमा छन् । तर, इटहरीमा मात्रै उक्त निर्णय भएको र अन्य पालिकामा पनि छलफलको प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

अन्य पालिकाहरुमा समन्वय गरिरहेकाले केहीदिनमा निर्णय आउने उनले बताए ।

यद्यपि, धरान उपमहानगरपालिकाले भने मंगलबार साँझ बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वैशाख १४ गतेखि २४ गतेसम्म परीक्षा सक्ने र तत्काल बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

यो पनि – धरानमा बिहीबारदेखि पूर्णरुपमा विद्यालय बन्द गरिने

Tags: #इटहरी#इटहरी उपमहानगरपालिका#परीक्षाटाकुरा विशेषशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार
कला साहित्य

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

धरान : ३५ औँ राष्ट्रिय कविता महोत्सवको तयारीस्वरूप विमल गुरुङ स्मृति पुस्तकालयले कविहरूबाट कविता र पुस्तक आह्वान गरेको छ। आगामी कात्तिक...

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क
फाेटाे फिचर

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

by टाकुरा न्यूज । इटहरी
जेष्ठ १९, २०८३
0

मोरङको लेटाङ नगरपालिका–१ मा अवस्थित नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क । धार्मिक सहिष्णुता, मेलमिलाप र सामाजिक एकता कायम राख्ने उद्देश्यका...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३
यस्तो छ प्रदेश १ सरकारको नीति तथा कार्यक्रमको पूर्ण पाठ

महालेखाको प्रतिवेदन : कोशीमा १.०६ प्रतिशत बेरुजु, सुझाव कार्यान्वयनमा प्रदेश प्रमुखको जोड

जेष्ठ १९, २०८३
समपूरक अनुदान : झापासहित कोसीका सात सडकको स्तरोन्नति

उत्तर-दक्षिण कोशी राजमार्ग : खाँदबारी-नुमखण्डमा ७५ प्रतिशत भौतिक प्रगति

जेष्ठ १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

विमल गुरुङ स्मृति पुस्तकालयद्धारा कविता र पुस्तक आह्वान, उत्कृष्ट कृतिलाई दुई लाख रुपैयाँ पुरस्कार

जेष्ठ १९, २०८३
मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

मोरङमा नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क

जेष्ठ १९, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

झापा, मोरङ र सुनसरीबाट ब्राउनसुगरसहित सात जना प्रहरी नियन्त्रणमा

जेष्ठ १९, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा मोटरसाइकल दुर्घटना हुँदा २४ वर्षीय युवकको मृत्यु 

जेष्ठ १९, २०८३



लाेकप्रिय

  • विश्वकै होचो उपत्यका तुम्लिङटारको रमणीयस्थल दृश्य

    धरानको बगरकोटमा बोतल प्रहारबाट महिलाको मृत्यु, दुई पक्राउ

    1500 shares
    Share 600 Tweet 375
  • तरहराको जंगलमा घाँस काट्न गएकी महिलाले नवजात शिशु फेला पारेपछि…

    1426 shares
    Share 570 Tweet 357
  • मोटरसाइकलमा आएर तरहराको जंगलभित्र दुई युवकले छाडेका थिए नवजात शिशु 

    902 shares
    Share 361 Tweet 226
  • तरहरामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, सँगैका साथी फरार

    610 shares
    Share 244 Tweet 153
  • इटहरीमा ब्राउनसुगरसहित एक पक्राउ

    516 shares
    Share 206 Tweet 129

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.