इटहरी : इटहरी १६ स्थित हक्राहा खोलामा निर्माण हुने पुलको शिल्यान्यास गरिएको छ ।
प्रतिनिधिसभा सदस्य सिताराम मेहेता र इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले संयुक्त रुपमा पुलको शिल्यान्यास गरेका हुन् ।
८३ लाख ७२ हजारको लागतमा निर्माण हुने पुलमा सांसद विकास कोषको ५० लाख र अन्य बाँकी रकम इटहरी उपमहानगरको रहने इटहरी उपमहानगरका इन्जिनियर अरुण राजलवटले जानकारी दिए ।
पूल शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सुनसरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सिताराम मेहेताले हुलाकी मार्ग अन्र्तगत निर्माण हुने उक्त पुलले यो क्षेत्रका सर्वसाधारणलाई सहज हुने बताए । पुल निर्माणपछि यसक्षेत्रका जनता लाभान्वित हुने विश्वास ब्यक्त गर्दै उनले इटहरीमा बाहिरी चक्रपथ निर्माणका लागि संसदमा आवाज उठाउने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा बोल्दै इटहरीका प्रमुख द्धारिकलाल चौधरीले इटहरीमा ४२ किलोमिटर बाहिरी चक्रपथ निर्माणका लागि पहल भइरहेको बताउँदै विकास निर्माणको गुणस्तरमा कमी हुन नदिने तर्क गरे ।
उनले इटहरीका ग्रामीण भेगहरु वडा नम्वर १६, १७ र १८ का सबै मुल बाटोहरु आगामी तीन वर्ष भित्रमा कालोपत्रे गरी सक्ने समेत बताए । कार्यक्रममा इटहरी वडा नम्वर १७ का वडाध्यक्ष भगवानलाल शाह र वडा नम्वर १६ का सदस्य शान्तिराम ओझाले उपमहानगरले गाँउका बासिन्दालाई उपमहानगरवासीको अनुभूति हुने गरी थप विकास निर्माणका काम गर्नुपर्नेमा जोड दिए ।
संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
संखुवासभा : जिल्लाको खाँदबारी नगरपालिका–९ तुम्लिङटारस्थित कोशी राजमार्गमा भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ भने दुई जना गम्भीर...














Discussion about this post