विराटनगर : विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा सार्वजनिक स्थलको मर्यादाविपरीत अश्लील हर्कत गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब १२ः३० बजेतिर घाट क्षेत्रमा केही व्यक्तिहरू होहल्ला गरिरहेको तथा दुई जना निर्वस्त्र अवस्थामा रहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी पुग्दा उनीहरू दाहसंस्कार गरिने स्थान नजिकै अभद्र व्यवहार गरिरहेको अवस्थामा फेला परेका थिए।
पक्राउ पर्नेहरूमा मोरङका सुरेन्द्रमणि मण्डल र छविलाल घिमिरे, सुनसरीका कैलाश ढुङ्गाना तथा भोजपुरका मनिष काफ्ले रहेका छन्।
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखी थप अनुसन्धान अघि बढाएको जनाएको छ।
केही दिनअघि सामाजिक सञ्जालमा परोपकार घाटमा मध्यराति केही युवाहरू निर्वस्त्र तथा अर्धनग्न अवस्थामा आगो बालेर बसेको भिडियो सार्वजनिक भएपछि घटनाले चर्चा पाएको थियो।
प्रहरीले सोही घटनासम्बन्धी अनुसन्धानका क्रममा चार जनालाई पक्राउ गरेको हो।













Discussion about this post