ईलाम : ईलाम सूर्योदय नगरपालिका ५ का २२ वर्षीय मुस्कान प्रधानको आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा मृत्यु भएको छ ।
शुक्रबार साँझ ५ बजे सोही स्थानमा भन्ज्याङबाट गोरखतर्फ जादैँ गरेको मे ३ प ९६२० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक प्रधानको उपचारको लागि फिक्कल अस्पताल पुर्याएपछि मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ ।














Discussion about this post