झापा : झापाको छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट २ जनाको मृत्यु भएको छ ।
शनिबार दिउँसो ४ बजे कमल गाउँपालिका ४ सितापुरी चौक स्थितमा प्र १–०१–०१२ प १६०२ नम्बरको मोटरसाइकलले सोही स्थानका ६ वर्षीय बालक निश्चल खड्कालाई ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते बालकको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा ५ बजे मृत्यु भएको प्रहरीले छ ।
त्यस्तै, झापाको बिर्तामोड २ रामचौकस्थित पूर्व–पश्चिम राजमार्गमा मे १० प ५५२० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक अर्जुनधारा ९ का ३० वर्षीय सुमन थापा र पछाडि सवार अर्जुनधारा ७ की २७ वर्षीया सूसना राई घाइते भएका थिए ।
उनीहरुको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको थियो । घाईतेमध्ये सूसनाको उपचारको क्रममा बेलुका साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सुमनको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।














Discussion about this post