इटहरी : परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि प्रश्नपत्र आउट गर्ने पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
एक जना कर्मचारी र ९ जना विद्यार्थीहरूलाई मोरङ प्रहरीले पक्राउ गरेको हो । मोरङ प्रहरीले ८ जना विद्यार्थीहरूलाई काठमाण्डौंदेखि शनिबार राती पक्राउ गरि ल्याएको छ ।
अन्य दुई जनालाई विराटनगरदेखि पक्राउ गरेको हो । यस घटनामा मोरङ प्रहरीले ८ वैशाखमा सप्तरी घर भएका महेश यादवलाई पक्राउ गरि ‘शिक्षा ऐनमा’ म्याद थप गरि प्रहरीले अनुसन्धान गर्दै आएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकायको स्नातक दोस्रो सेमिस्टरको फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्डा अगाडि ३ वैशाखमा बाहिरिएको थियो ।
१ बजेदेखि हुने फिजिक्सको परीक्षा हुनुभन्दा दुई घण्टा अगाडि कर्मचारीको मिलेमेतामा ११ बजे प्रश्नपत्र आउट भएको खुलेको छ ।












Discussion about this post