Monday, July 27, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

सुनसरी–मोरङमा मात्र पाँच अक्सिजन प्लान्ट

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
बैशाख १४, २०७८
in समाचार
0
सुनसरी–मोरङमा मात्र पाँच अक्सिजन प्लान्ट

Equipment medical Oxygen tank and Cylinder Regulator gauge.Control pressure oxygen gas for care a patient respiratory disease and emergency CPR at Hospital.Close up focus on fish pond background.

303
SHARES
Share on FacebookShare on Twitter

इटहरी : प्रदेश १ मा विराटनगर कोरोना संक्रमणको हटस्पट बनेको छ । प्रदेश सरकारले सञ्चालन गरेको कोरोना अस्पतालसहितका ठूला अस्पतालहरु पनि यहीँ भएका कारण विरामीको चाप सधैं उच्च हुने गरेको छ । तर, कोरोना संक्रमितको उपचारका लागि अत्यावश्यक मानिने अक्सिजनको सिलिण्डरको भने यहाँ ठूलो अभाव छ ।

सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्की अहिले नै अक्सिजन अभाव भइहाल्ने अवस्था नरहेको बताउँछन् । तर, संक्रमण बढ्दै जाँदा त्यस्तो अवस्था आउने खतरा भने कायमै रहेको उनको भनाइ छ ।

‘अहिले अभाव छैन, पुग्दो अवस्थामा छ’, उनले भने ‘तर, सिलिण्डर अभावका कारण ठूलो परिमाणमा अक्सिजन चाहिँदाचाहिँ समस्या हुनसक्ने स्थिति छ । यसका लागि हामीले गम्भीर तयारी गरिरहेका छौं ।’

उद्योगीले चाहेजति अक्सिजन आपूर्ति गर्न तयार रहेको प्रतिवद्धता जनाएको पनि सचिव कार्कीले बताए ।

सुनसरी–मोरङमा मात्र पाँच अक्सिजन प्लान्ट

सुनसरी र मोरङ जिल्लामा पाँचवटा अक्सिजन प्लान्ट छन् । ती उद्योगले दैनिक ४ सयदेखि ५ सय वटासम्म सिलिण्डर ‘फिल’ गरिरहेका छन् ।

विराटनगरस्थित विनायक अक्सिजन इण्डष्ट्रीका प्रमुख अमित सारडाका अनुसार ती उद्योगसँग यसको तेब्बर बढी अक्सिजन भर्ने क्षमता छ । तर, क्षमता अनुसार सिलिण्डर भने नभएको उनले बताए ।

‘अक्सिजनको अभाव प्रदेश १ का ठूला अस्पतालले सामाना गर्नुपर्ने अवस्था छैन,’ उद्योगी सारडाले भने, ‘समस्या यति हो, अहिले पनि हामीसँग पर्याप्त सिलिण्डर छैन । जसका कारण चाहेर पनि भनेजति अक्सिजन भर्न पाइएको छैन ।’

उद्योगी सारडाका अनुसार मोरङ र सुनसरी क्षेत्रमा पाँचवटा ठूला अक्सिजन प्लान्ट भएका उद्योग छन्, जसले चाहिने जति अक्सिजन उत्पादन गर्ने क्षमता राख्छन् ।

अक्सिजन उत्पादक उद्योगीहरुका अनुसार कोरोना संक्रमण ह्वात्तै बढेपछि सबैतिर पुगेका सिलिण्डरहरु ‘होल्ड’ भएर बसेका छन्, जसले गर्दा सिलिण्डरको रोटेसन ठप्पजस्तै छ ।

उद्योगी सारडाले अस्पताल, क्लिनिकहरु र घरमा पुगेका अक्सिजन सिलिण्डर आवश्यक नपर्नेहरुले पनि ओगटेर राखिदिएकाले समस्या रहेको सुनाए । जसका कारण क्षमता भएर पनि अक्सिजन भर्न नपाइएको उनले बताए ।

सिलिण्डर सप्लाई गर्दै आएका विराटनगरका व्यवसायी सोम पाण्डेले अहिले मुख्य समस्या सिलिण्डरकै रहेको बताए । नचाहिनेहरुले पनि ओगटेर राखेपछि सिलिण्डर अभाव भएको छ,’ पाण्डेले भने, ‘अहिले हामी खाली सिलिण्डरको तीव्र खोजीमा छौं ।’

अधिकांश अस्पतालको आफ्नै अक्सिजन प्लान्ट

प्रदेश १ मा मोरङ, सुनसरी र झापामा रहेका ठूला अस्पतालले छुट्टै अक्सिजन प्लान्ट सञ्चालन गर्दै आएका छन् । अस्पतालकै अक्सिजन प्लान्ट भएका कारण धेरै अस्पतालले आवश्यक अक्सिजन बाहिरबाट ल्याउन नपर्ने अवस्था छ ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफूलाई पुग्ने अक्सिजन आफैले उत्पादन गरिरहेको छ । प्रतिष्ठानका सहप्रवक्ता डा। चूडामणि पोखरेलका अनुसार आफूलाई चाहिने मात्रामा उत्पादन हुँदै आएको छ ।

झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ ।

मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ वटा सिलिण्डर अक्सिजन उत्पादन भइरहेको बताए ।

अधिकांश पाइपलाइनमा

कोभिड–१९ संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चारवटा अस्पतालले अक्सिजन प्लान्ट निर्माणको काम थालेका छन् ।

मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश नं १ सरकारको ७५ लाख लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ । कोभिड–१९ संक्रमितको उपचारका लागि ७५ शय्याको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको छ । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिण्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँदै आएको उनको भनाइ छ ।

विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् । बिएण्डसी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने जनाएको छ ।

आफ्नै परिसरमा पूर्वाञ्चल क्यान्सर अस्पतालसमेत सञ्चालन गर्दै आएको बिएन्डसी हस्पिटलमा दैनिक ३५ देखि ४० वटा सिलिण्डर खपत भइरहेको हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

भद्रपुरको ओमसाई पाथिभरा हस्पिटलले आगामी असार मसान्तभित्रै अक्सिजनको आफ्नै प्लान्ट सञ्चालनमा ल्याउने जनाएको छ । हस्पिटलका प्रबन्ध निर्देशक बालकुमार पोखरेलले ६० लाखको लागतमा प्लान्ट निर्माणको काम भइरहेको जनाए ।

रातोपाटीबाट साभार ।

Tags: #प्रदेश १अक्सिजन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
समाचार

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इटहरी : सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी सिराहामा लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन्। प्रहरीको गोली प्रहारपछि नियन्त्रणमा लिइएका ६...

Auto Draft
पर्यावरण

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

by टाकुरा न्यूज । इटहरी
साउन १०, २०८३
0

इलाम : इलामको माइजोगमाई गाउँपालिकास्थित थुम्केरानी क्षेत्रमा दुर्लभ हिमाली कालो भालु प्रत्यक्ष देखिएको छ। वन्यजन्तु फोटोग्राफर देवेन खरेलले क्यामरामा कैद...

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३
माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

मोरङमा साथीसँग खेल्न गएकी बालिका पोखरीमा डुबिन्

साउन ९, २०८३
फरार कैदी पुनः अपराधमा, झुम्का कारागारबाट भागेका अभिषेक चोरीको स्कुटरसहित पक्राउ

७५० क्षमताको कारागारमा एक हजार ५८५ कैदीबन्दी, नयाँ संरचनातर्फ झापा प्रशासनको तयारी

साउन ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

गोली प्रहारपछि समातिए झुम्का कारागारबाट फरार कैदी

साउन १०, २०८३
Auto Draft

इलामको उच्च पहाडी वनमा हिमाली कालो भालुको अभिलेख

साउन १०, २०८३
सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

सालिक किन रंगहीन? मूर्तिकार विक्रमश्री भन्छन्– प्राकृतिक स्वरूपले नै दिन्छ कालजयी पहिचान

साउन १०, २०८३
सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

सुनसरीमा भन्सार छलीका सामान छाडेर तस्कर फरार, ८ लाखको कपडा र तीन मोटरसाइकल बरामद

साउन ९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    773 shares
    Share 309 Tweet 193
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    629 shares
    Share 252 Tweet 157
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.