विराटनगर : मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ ।
बुधबार विहान नोबेल अस्पतालमा उपचाररत झापा र मोरङका एक एक जना संक्रमितको मृत्यु भएको हो ।
मोरङको कटहरी गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको बिहान ३ः४५ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
उनका अनुसार कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि वैशाख १२ गते अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भर्ना गरिएका मृतकमा निमोनियाको पुरानै समस्या रहेको दाहालले जानकारी दिए ।
त्यस्तै, झापाको झापा गाउँपालिका १० का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारका क्रममा नोबेलमै मृत्यु भएको छ ।
मधुमेहको पुरानै समस्या रहेको उनलाई कोरोना देखिएपछि वैशाख १३ गते अस्पताल भर्ना गरिएकामा उपचारका क्रममा विहान १ बजेतिर मृत्यु भएको दाहालले जानकारी दिए ।














Discussion about this post