धरान : धरान १३ स्थित कृषि बजारको पूर्वमा ७५ टनसम्म खाद्यसामग्री अट्न सक्ने शितल गृहको निर्माण गरिएको छ ।
प्रदेश १ का कृषि भूमि तथा व्यवस्था तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले उक्त शितल गृहको उद्घाटन गरेका छन् ।
बाली विशेष भण्डार गृह निर्माण कार्यक्रम अन्तर्गत भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश १ को आर्थिक वर्ष ०७६।७७ को स्वीकृत कार्यक्रम अनुसार निर्माण सम्पन्न भएको हो ।
शितल गृहको लागत प्रदेश नं. १ सरकारबाट ४९ लाख ८३ हजार ३ सय र धरान कृषि बजार व्यवस्थापन समितिबाट २६ लाख ९७ हजार ८ सय ४० रुपैँया सहयोगबाट तयार गरिएको बजार व्उवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।
भट्टराईले उक्त शितल गृह अत्याधुनिक र १ नं. प्रदेशकै नमुनाको रुपमा रहेको बताए । उक्त गृहमा हाललाई फलफूल र हरियो सागसब्जी राख्ने ब्यवस्था गरिएकोमा पछि अन्य खाद्य सामाग्री पनि राख्ने व्यवस्था गरिने उनले बताए ।













Discussion about this post