Friday, October 23, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १०, २०८३
in टाकुरा विशेष, समाचार
0
‘यूकेबाट ल्याएको सुन’ भन्दै वृद्धवृद्धा निशानामा, पूर्वी नेपालमा ठगीको गिरोह सक्रिय 

साकेतिक तस्बिर । तस्बिर स्रोत : एआई ।

80
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङमा सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धवृद्धालाई ठगी तथा लुटपाट गर्ने गिरोह सक्रिय भएको पाइएको छ।

प्रहरीका अनुसार भीडभाड, सार्वजनिक बस र एक्लै हिँडिरहेका ज्येष्ठ नागरिकलाई लक्षित गरेर गिरोहले योजनाबद्ध रूपमा अपराध गर्दै आएको खुलेको हो।

यसपटक गिरोहको निशानामा परिन् बेलबारी नगरपालिका–१ की ७८ वर्षीया सावित्रादेवी घिमिरे। वैशाख २ गते छोरीको घर पथरीशनिश्चरेबाट बस चढेर घर फर्किने क्रममा उनी अपरिचित दुई व्यक्तिको फन्दामा परिन्।

प्रहरीका अनुसार ती व्यक्तिले सुरुमा ‘सुन पसल कहाँ छ ?’ भन्दै संवाद थाले। त्यसपछि ‘यूकेबाट ल्याएको सुन’ भन्दै सुनजस्तो देखिने पहेँलो धातुको टिल देखाएर वृद्धालाई विश्वासमा पार्ने प्रयास गरे। राजमार्गबाट एकान्ततर्फ लगेर उनीहरूले घिमिरेको गलामा रहेको १ तोला ६ आनाको सुनको सिक्री लुटेर फरार भए।

घटनापछि इलाका प्रहरी कार्यालय बेलबारीले अनुसन्धान थालेको थियो। सीसीटीभी फुटेज र सूचनाका आधारमा प्रहरीले झापाको कनकाई नगरपालिका–९ का ६१ वर्षीय धकलबहादुर थिङलाई पक्राउ गर्‍यो।

मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार थिङ पुरानै ठगी गिरोहसँग आबद्ध व्यक्ति हुन्। उनी यसअघि पनि यस्तै घटनामा पक्राउ परिसकेका थिए।

प्रहरी अनुसन्धानले यो कुनै एकल घटना नभई पूर्वी नेपालमा सक्रिय संगठित गिरोहको शैली भएको देखाएको छ। मोरङ, झापा र सुनसरीका हटिया, अस्पताल, मेला, पर्व र सार्वजनिक सवारीमा पुगेर वृद्धवृद्धा तथा सोझा सर्वसाधारणलाई निशाना बनाउने गरिएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार गिरोहले नक्कली सुन देखाएर लोभ्याउने, विश्वासमा पार्ने र अवसर मिल्नेबित्तिकै गरगहना लुट्ने रणनीति अपनाउने गरेको छ। विशेषगरी एक्लै यात्रा गरिरहेका वृद्धवृद्धा उनीहरूको मुख्य लक्ष्य बन्ने गरेका छन्।

यसअघि पनि बेलबारीमै यस्तै प्रकृतिको अर्को घटना भएको थियो। चैत ९ गते बेलबारी–४ की ६२ वर्षीया धनीमाया तामाङको कानमा लगाएको सुनको रिङ नक्कली सुन देखाएर लुटिएको थियो। प्रारम्भिक अनुसन्धानले त्यस घटनामा पनि थिङकै संलग्नता देखाएको प्रहरीको दाबी छ।

प्रहरीले हाल फरार रहेका अर्का अभियुक्तको खोजी जारी राखेको छ। साथै अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न, सुन वा पैसासम्बन्धी कुनै प्रस्ताव आए तुरुन्त प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Tags: #ठगी#मोरङगिरोहटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने
FEATURE BREAKING

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

इटहरी : सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन आवश्यक निरोगिताको प्रमाणपत्र लिन कोशी प्रदेशका सेवाग्राहीले अब पाँच सय रुपैयाँ खर्च गर्नुपर्ने...

इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु
समाचार

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक ५, २०८३
0

मोरङ : मोरङको लेटाङ नगरपालिका–५ डिल्लेचोकस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । कात्तिक ४ गते...

मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३
झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

झापाको बिर्तामोडमा ग्यारेजको क्यान्टिनमा आगलागी, एक जनाको मृत्यु

कार्तिक ५, २०८३
आज विजयादशमी, टीको लगाउने उत्तम समय १० बजेर २ मिनेटमा

आज विजया दशमी, हर्षोल्लासका साथ मनाइँदै

कार्तिक ४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

लाइसेन्स बनाउने खर्च बढ्दै, कोशीमा निरोगिताको प्रमाणपत्र लिन पाँच सय रुपैयाँ लाग्ने

कार्तिक ५, २०८३
इटहरीमा स्कारपियोको ठक्करबाट २२ वर्षीय युवकको मृत्यु

मोरङमा १७ वर्षीय किशोरले चलाएको मोटरसाइकले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु

कार्तिक ५, २०८३
मोरङको पथरीमा आगलागी हुँदा डेढ करोड बराबरको क्षति

खोटाङमा विद्युत् चुहावट हुँदा आगलागी, दुई घर जलेर नष्ट

कार्तिक ५, २०८३

दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

कार्तिक ५, २०८३



लाेकप्रिय

  • दसैँको टीकाकै दिन इटहरीमा दुर्घटना, भण्डारीको मृत्यु

    778 shares
    Share 311 Tweet 195
  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    640 shares
    Share 256 Tweet 160
  • सप्तकोशीमा बेपत्ता कोइराला मृत फेला

    509 shares
    Share 204 Tweet 127
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    289 shares
    Share 116 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    283 shares
    Share 113 Tweet 71

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.