धरान : छुट्टा–छुट्टै दुई घटनामा हतियार प्रहार गरी फरार भएका दुई व्यक्ति पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार पक्राउ पर्नेमा धरान ४ वसन्तटारका २० वर्षीय अनन्त राई र धरान ८ का ३५ वर्षीय सुरज लामा रहेका छन् ।
अनन्तले २०७५ चैत ७ गते दिउँसो करिब २ बजे २१ वर्षीय सुमन भुजेललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
त्यस्तै, गत चैत २७ गते मध्यराति धरान १८ स्थित वीपी सुन्दरबजारमा २१ वर्षीय मनिष राईलाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएका सुरज लामा फरार थिए । उनलाई पनि आज विहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका दुवैजनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post