पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ३ गुम्बाडाँडामा भएको मोटरसाइकल दुर्घटनामा परेर एक व्यक्तिको मृत्यु भएको छ ।
शुक्रवार दिउँसो साँढे ३ बजेको समयमा पाँचथरको पौवाभञ्याङबाट ईलामतर्फ जाँदै गरेको बा ८५ प २२८० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रीत भएर दुर्घटना हुँदा एकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चालक फाकफोकथुम गाउँपालिका ३ का १८ वर्षीय किरण राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post