सोलुखुम्बु : सोलुखुम्बुको सोताङ गाउँपालिका १ बाट तीन थान भरुवा बन्दुकसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार बेलुका ७ बजेको समयमा पावै सामुदायिक जंगलबाट तीन थान भरुवा बन्दुकसहित स्थानीय ३४ वर्षीय दिलबहादुर भनिने गंगाबहादुर गिरी पक्राउ परेका हुन् ।
जंगलमा शिकार खेल्न गएको भन्ने सूचना प्राप्त भएसंगै प्रहरी चौकी वाकुबाट खटिएको प्रहरी टोलीले तीन थान भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी ८०० ग्राम, फलामको टुक्रा १ केजी, टर्च लाइटमा प्रयोग हुने ब्याट्रि ७ थान, लाइटर १ थान , केप १ थान, मोबाइल २ थान र १० मिटर तारसहित पक्राउ गरेको हो ।
उक्त घटनामा अन्य ४ जनाको समेत संग्लग्नता रहेको बुझिन आएको तथा खोजतलास कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।














Discussion about this post