जिल्ला प्रशासन कार्यालय सुनसरीले होटल तथा रेष्टुरेष्टहरु निषेधाज्ञाको बेला विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाउने निर्णय सच्याउँदै नयाँ नियम लागू गरेको छ ।
आज बसेको डिसिसिएमसि बैठकले यसअघिको निर्णय सच्याउँदै अबदेखि राजमार्ग छेउछाउमा रहेका यात्रुलाई खाना खुवाउने रेष्टुरेष्ट मात्र विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ला गर्न पाउने जनाएको छ । अन्य होटल तथा रेष्टुरेष्टहरु प्याकिङ सेवा मात्र दिने गरि बन्द गरिने पनि प्रशासनले जनाएको छ ।
अन्यत्र जिल्लाबाट कुनै काम विशेषले सुनसरी जिल्ला आउने र यो जिल्ला हुँदै अन्यत्र जाने यात्रुहरुको सुविधाको लागि मात्र यो निर्णय विगतमा गरिएको प्रशासनले प्रष्ट पारेको छ ।

यो पनि – कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा सुनसरीसहित पूर्वका तीन जिल्ला (सूचीसहित)














Discussion about this post