झापा : झापा मेचीनगर नगरपालिका १५ मिलकोटी स्थितमा रहेको बायोग्यास कोईला फ्याक्ट्रीमा बिद्युत सर्ट भई आगलागी हुँदा ठुलो क्षती भएको छ ।
आज बिहान लागेको आगो अझै नियन्त्रणमा आउन सकिरहेको छैन । उक्त आगो नियन्त्रणमा ७ वटा दमकल सहित सेना, प्रहरी, स्थानियबासी परिचालित भएका छन् ।
सो आगोबाट अहिले सम्म अन्दाजी १५ करोड बराबरको क्षती भएको फ्याक्ट्री संचालकले बताएको ईलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । उक्त आगोबाट हाल सम्म मानबिय क्षती नभएको सो कार्यालयले जनाएको छ ।














Discussion about this post